पोखरा क्यानोनिङ सात महिनापछि पुनःसञ्चालनमा – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १९, २०७७
  • होमपेज
  • पोखरा क्यानोनिङ सात महिनापछि पुनःसञ्चालनमा

पोखरा क्यानोनिङ सात महिनापछि पुनःसञ्चालनमा

पोखरा क्यानोनिङ सात महिनापछि पुनःसञ्चालनमा

पोखरा,२६,असोज

कोभिड– १९ का कारण बन्द रहेको कास्कीको माछापुच्छ«े गाउँपालिका–९ स्थित पोखरा क्यानोनिङ सात महिनापछि पुनःसञ्चालनमा आएको छ ।

कोरोना महामारीको जोखिम उच्च रहे पनि स्वास्थ्य सतर्कताको मापदण्डलाई पूर्णरुपमा पालना गरेर सञ्चालन गर्न लागेको सञ्चालक राम गुरुङले जानकारी दिनुभयो । आन्तरिक पर्यटक जो साहसिक खेलमा रुचि राख्छन् उनीहरुको चाहानालाई मध्यनजर गरेर क्यानोनिङ खुला गरेको जानकारी दिनुभयो । क्यानोनिङका लागि आवश्यक उपकरण र स्वास्थ्य सामग्री मास्क स्यानीटाइजरको प्रबन्ध गरेर पूर्ण सुरक्षित वातावरणमा क्यानोनिङ गराइने उहाँको भनाइ छ ।

पोखरामा क्यानोनिङ सन् २०१४ बाट सञ्चालनमा आएको हो । पोखराको हरिचोकबाट करिब २२ किलोमिटरको दूरीमा रहेको ल्वाङघलेल गाउँको मुनि कुदी छहरामा क्यानोनिङका लागि दुईवटा ७५ र ४५ मिटर अग्ला सुन्दर झरना छन् । पोखरामा क्यानोनिङ सन् २०१४ बाट सञ्चालनमा आएको हो । पोखराको हरिचोकबाट करिब २२ किलोमिटरको दूरीमा रहेको ल्वाङघलेल गाउँको मुनि कुदी छहरामा क्यानोनिङका लागि दुईवटा ७५ र ४५ मिटर अग्ला सुन्दर झरना छन् । साहसिक खेलमा रुचि राख्ने जो शारीरिक र मानसिक रुपमा तयार छन् । उनीहरुलाई ‘बिगनर’ र ‘प्रोफेशनल’ गरेर छुट्याइन्छ र झरनामा पानीमा मस्त रमाउन वातावरण तयार गरिन्छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका