अबैध रुपमा करेन्ट लगाई माछा मारेको अभियोगमा तनहुँका ९ जनालाई कारबाही – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • अबैध रुपमा करेन्ट लगाई माछा मारेको अभियोगमा तनहुँका ९ जनालाई कारबाही

अबैध रुपमा करेन्ट लगाई माछा मारेको अभियोगमा तनहुँका ९ जनालाई कारबाही

अबैध रुपमा करेन्ट लगाई माछा मारेको अभियोगमा तनहुँका ९ जनालाई कारबाही

तनहुँ, २६ असोज । बन्दीपुर गाउँपालिका-४ सानोडुम्रेस्थित चुँदीखोलामा अबैध रुपमा करेन्ट लगाई माछा मारेको अभियोगमा आइतबार ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भानु नगरपालिका-१ कल्याणटार बस्ने बिशाल परियार, सन्तोष परियार, श्रवण तामाङ, प्रदिप तिरुवा, श्याम भुजेल, राज कुमाल, प्रदिप कुमाल, बिनोद परियार र सम्राट तामाङ रहेका छन् ।

करेन्ट लगाई माछा मारिरहेको अवस्थामा  माछा मार्न प्रयोग भएको मेशिन तथा टाँगा सहित फेला पारी ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई जलचर ऐन, २०१७ अनुसार  ५ हजार रुपैयाँ जरिवाना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका