गण्डकी प्रदेशमा १२६ जना काेराेना सक्रंमित थपिएसँगै संक्रमितको संख्या ४९७१ पुग्याे – Samacharpati
Samacharpati
बुधबार, मंसिर १०, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा १२६ जना काेराेना सक्रंमित थपिएसँगै संक्रमितको संख्या ४९७१ पुग्याे

गण्डकी प्रदेशमा १२६ जना काेराेना सक्रंमित थपिएसँगै संक्रमितको संख्या ४९७१ पुग्याे

गण्डकी प्रदेशमा १२६ जना काेराेना सक्रंमित थपिएसँगै संक्रमितको संख्या ४९७१ पुग्याे

पाेखरा, २६ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४९७१ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज चितवनमा  गरिएको परिक्षणमा गण्डकी प्रदेशमा १२६ जना काेराेना सक्रंमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा तनहुँका १८ जना, कास्कीका ५ जना, नवलपरासीका ५६ जना र बाग्लुङका ७ जना   रहेका छन् ।

त्यस्तै क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा तनहुँका ६ जना, कास्कीका २४ जना, लमजुङका २ जना, तनहुँका २ जना र स्याङजाका एक जना रहेका छन् ।

तालिकामा खुलाईएको विवरण बाहेक अन्य व्यक्ति पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेजको फिभर क्लिनिकबाट र contact tracing बाट पहिचान भएका हुन ।  सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।

2.jpg

3.jpg

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका