तनहुँकाे मानहुँकोट डाँडामा  पर्यटन प्रवद्र्धनका लागि 'दृश्यावलोकन स्थल' निर्माण शुरु – Samacharpati
Samacharpati
शनिबार, मंसिर १३, २०७७
  • होमपेज
  • तनहुँकाे मानहुँकोट डाँडामा  पर्यटन प्रवद्र्धनका लागि ‘दृश्यावलोकन स्थल’ निर्माण शुरु

तनहुँकाे मानहुँकोट डाँडामा  पर्यटन प्रवद्र्धनका लागि ‘दृश्यावलोकन स्थल’ निर्माण शुरु

तनहुँकाे मानहुँकोट डाँडामा  पर्यटन प्रवद्र्धनका लागि ‘दृश्यावलोकन स्थल’ निर्माण शुरु

दमौली, २६ असोज । तनहुँको ब्यास नगरपालिका–५ मानहुँकोटकाे  पर्यटन प्रवद्र्धन गर्न र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न मानहुँकोटडाँडामा दृश्यावलोकन स्थल निर्माण शुरु गरिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित हुँदै गइरहेको मानहुँकोटको पर्यटनलाई थप टेवा पुर्याउन दृश्यावलोकन स्थलको काम शुरु भएको ब्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  र ४० लाखको लागत अनुमान गरिएपनि  ३६ लाख ५० हजारमा दृश्यावलोकन स्थल निर्माणको ठेक्का लागेको छ । दृश्यावलोकन स्थल निर्माणको जिम्मा माता बाराही कन्स्ट्रक्सन प्रालिले पाएको छ ।

दृश्यावलोकन स्थलमा  पहिलो तल्लामा कफी शप र दृश्यावलोकनका लागि माथिल्लो तल्लामा सिसाको घर बनाउने लक्ष्यसहित काम शुरु गरिएको छ । केही समय अगाडि नै निर्माण शुरु गर्ने तयारी गरिए पनि कोभिडका कारण काममा ढिलाइ भएको थियाे ।

अहिलेकै बजेटले पूरा हुने गरी काम शुरु भएको छ करिब छ महिनाभित्र दृश्यावलोकन स्थल निर्माण सम्पन्न हुन्छ, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो

कोभिडको प्रकोप अगाडि मानहुँकोटमा दैनिक तीन÷चार सय पर्यटक जान्थे, कोभिड–१९ को कोभिड–१९ को  प्रकोपले सुनसान रहेको यस ठाउँमा  भने अहिले आन्तरिक पर्यटकको चहलपहल शुरु भएकाे छ ।

मानहुँकोटबाट धौलागिरि, माछापुच्छे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ भने दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्य देख्न सकिन्छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका