आजदेखि दैनिक तीन घण्टा सिद्धार्थ राजमार्ग बन्द गरिने – Samacharpati
Samacharpati
शनिबार, कार्तिक १५, २०७७
  • होमपेज
  • आजदेखि दैनिक तीन घण्टा सिद्धार्थ राजमार्ग बन्द गरिने

आजदेखि दैनिक तीन घण्टा सिद्धार्थ राजमार्ग बन्द गरिने

आजदेखि दैनिक तीन घण्टा सिद्धार्थ राजमार्ग बन्द गरिने

बुटवल, २६ असाेज । सिद्धार्थ राजमार्ग मर्मतको लागि आजदेखि दैनिक तीन घण्टा बिहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द गरिने भएकाे छ।  राजमार्गअन्तर्गत तानसेन बुटवल सडकखण्ड पर्ने विभिन्न ठाउँमाहरु मर्मत गर्नुपर्ने भएकोले असोज २९ सम्म दैनिक तीन घण्टा सिद्धार्थ राजमार्गसडक बन्द गरिने सडक डिभिजन कार्यलय पाल्पाले बताएकाे छ ।

सिद्धार्थ राजमार्गको विभिन्न ठाउँमा गएको पहिरो पन्छाउन सडक बन्द गरेर काम गर्नुपर्ने भएकाे सडक डिभिजन पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले बताउनुभएकाे छ । पाल्पाको बर्तुङदेखि चिडियाखोलासम्म राजमार्ग बन्द हुनेछ ।

केही साता पहिले अविरल वर्षाका कारण  झरेको पहिरोले राजमार्गको दर्जनौँ ठाउँमा बाटाेघाटाे अवरूद्ध भएका छन  कुनै साघुराे ठाउँमा त ठुलाँ ठुलाँ  ट्रकहरू वारपार गर्ने नमिल्ने गरी पहिराे  झरेको छन्  । अहिले पनि यस ठाउँमा सवारी साधन एकतर्फी सञ्चालनमा छन् ।

त्यसैले सडक पूर्णरूपमा सञ्चालनका लागि मर्मत गर्न थालिएको हाे । दसैँ र तिहार आइसकेकाले तत्काल सडक मर्मत गर्नुपर्ने भएकाे    अधिकारीले बताउनुभयाे ।

सिद्धार्थ राजमार्गका कतिपय ठाउँमा घुम्ती काटेर फराकिलो बनाउने काम भइरहेको हुदाँ   सडक अवरुद्ध भएपछि बुटवलको सिद्धबाबाबाट उता सवारी सधान नलैजानको लागि प्रहरीले अनुरोध गरेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका