लेखनाथ उद्योग बाणिज्य संघको २४ औं साधारसभा सम्पन्न – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १९, २०७७
  • होमपेज
  • लेखनाथ उद्योग बाणिज्य संघको २४ औं साधारसभा सम्पन्न

लेखनाथ उद्योग बाणिज्य संघको २४ औं साधारसभा सम्पन्न

लेखनाथ उद्योग बाणिज्य संघको २४ औं  साधारसभा सम्पन्न

लेखनाथ,२६, असोज,

बघरघरमा पुगेर लेखनाथ उद्योग बाणिज्य संघको साधारसभा सम्पन्न गरिएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै घरघरमा प्रतिवेदन पठाउने र राय संकलन गरी कार्यसमितिले २४ औं साधारणसभा पूरा गरेको हो । २०५४ सालमा स्थापना भएको संघसँग आवद्ध एक हजार तीन सय ६५ ब्यवसायी सदस्यहरु मध्ये बहुमत सदस्यहरुको प्रतिनिधित्व रहने गरि फरक शैलिबाट साधारसभा पूरा गरिएको बलराम ढकालले जानकारी दिनुभयो ।

साधारणसभाबाट सघंले आगामी आर्थिक वर्षका लागि अघि सारेको सांगठानिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको छ । कोरना भाईरसका कारण ब्यवसायीहरुले भोग्नु परेका आर्थिक समस्याका बारेमा छलफल गरि ब्यवसाय उत्थानमा सहयोग पुग्ने खालका कार्यक्रम संचालनका लागि पहल गर्ने निर्णय गरिएको महासचिव गोपिचन्द्र बास्तोलाले बताउनुभयो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका