कोरोना भाइरस मुद्रा, स्मार्टफोनको स्क्रिन र धातुमा २८ दिनसम्म जिवित रहने – Samacharpati
Samacharpati
शनिबार, कार्तिक १५, २०७७
  • होमपेज
  • कोरोना भाइरस मुद्रा, स्मार्टफोनको स्क्रिन र धातुमा २८ दिनसम्म जिवित रहने

कोरोना भाइरस मुद्रा, स्मार्टफोनको स्क्रिन र धातुमा २८ दिनसम्म जिवित रहने

कोरोना भाइरस मुद्रा, स्मार्टफोनको स्क्रिन र धातुमा २८ दिनसम्म जिवित रहने

विश्वमै महामारीको रुपमा रहेको कोरोना भाइरस मुद्रा, स्मार्टफोनको स्क्रिन र धातुमा २८ दिनसम्म जिवित रहने एक तथ्यांकले देखाएको छ ।

अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीले हालै गरेको अध्ययन अनुसन्धानबाट यो तथ्य पत्ता लागेको हो ।

अँध्यारो कोठाको प्रयोगशालामा गरिएको अनुसन्धानले अन्धकारमा भन्दा प्रकाशमा कोरोनाको भाइरस मर्न सक्ने पनि देखाएको छ ।

कोरोना भाइरस व्यक्ति व्यक्तिबीचको कुराकानी, खोक्दा र हाछ्युँ गर्दा सर्ने भन्दै सो अनुसन्धानले कुनै धातु छोएमा भाइरस सजिलै शरीरमा प्रवेश गर्ने बताइएको छ ।

यसअघि सार्स र कोभिड–२ माथि गरिएको अध्ययनमा पैसा र सिसामा रहेको भाइरस दुईदेखि तीन दिनसम्म, धातुमा ६ दिनसम्म जिवितै रहने तथ्यांक सार्वजनिक भएको थियो ।

हालैको अध्ययनले सो तथ्यांक गलत सावित गरेको छ ।(एजेन्सी)

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका