सर्वोच्च पुग्यो रामघाटको विद्युतीय शवदाह विवाद – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १९, २०७७
  • होमपेज
  • सर्वोच्च पुग्यो रामघाटको विद्युतीय शवदाह विवाद

सर्वोच्च पुग्यो रामघाटको विद्युतीय शवदाह विवाद

सर्वोच्च पुग्यो रामघाटको विद्युतीय शवदाह विवाद

पोखरा, २६ असोज । रामघाटमा बन्ने भनिएको विद्युतीय शवदाहसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको छ । स्थानीयले उच्च अदालत, पोखरामा दिएको रिट छिनोफानो हुन नपाउँदै सर्वोच्चमा अर्को रिट परेको हो ।

बस्ती नजिकै बन्न लागेको विद्युतीय शवदाहको विरोध गर्दै आएको बुद्धचोक वातावरण सुधार समितिको पहलमा जनहित संरक्षण मञ्च (प्रो–पब्लिक)ले सर्वोच्चमा २१ गते रिट हालेको हो ।

सहरी विकास तथा भवन निर्माण विभागको सरकारी भवन निर्माण कार्यक्रम अन्तर्गत विद्युतीय शवदाह भवनसँगै मलामी प्रतीक्षालय निर्माणका लागि बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत गरेको थियो ।

त्यसपछि सुरु भएको किचलो उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेको हो ।

मञ्चले ८ संस्थालाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो । मञ्चको तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ता खगेन्द्र सुवेदीलगायत ४ जनाले मुद्दा हालेका हुन् ।

सहरी विकास मन्त्रालय काठमाडौं, वन तथा वातावरण मन्त्रालय काठमाडौं, सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई पोखरा, मुख्यमन्त्रीको कार्यालय गण्डकी प्रदेश, डिभिजन वन कार्यालय कास्की र बौद्ध अर्घौ सदन रामघाटलाई विपक्षी बनाइएको समाचार आजको समाधान दैनिकमा अनिश भट्टराइको बाइलाइनमा प्रकाशित छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका