लुम्बिनी विकास बैंकको रक्तदानमा ८१ युनिट रगत सङ्कलन – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १९, २०७७
  • होमपेज
  • लुम्बिनी विकास बैंकको रक्तदानमा ८१ युनिट रगत सङ्कलन

लुम्बिनी विकास बैंकको रक्तदानमा ८१ युनिट रगत सङ्कलन

लुम्बिनी विकास बैंकको रक्तदानमा ८१ युनिट रगत सङ्कलन

पोखरा, असोज, २३

लुम्बिनी विकास बैंकले शनिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ८१ युनिट रगत संकलन भएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेजसँगको सहकार्यमा बैंकको महेन्द्रपुल शाखा परिसरमा रक्तदान गरिएको हो । बैंकका सञ्चालक, संस्थापक, कर्मचारी लगायत सुभेच्छुकले रक्तदानमा सहभागिता जनाएको शाखा प्रबन्धक बलबहादुर ढकालले जानकारी दिए ।‘निरन्तर सहयात्रा’ नारा लिएर अगाडि बढेको बैंकले मुलुकभर ६८ शाखा र १७ एटिएमबाट २ लाख ६० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । आधुनिक प्रविधिसहित ग्राहक वर्गमा सेवा पुर्‍याउँदै आएको बैंकको दाबी छ । बैंकले ग्राहकलाई निःशुल्क डेबिटरएटिएम कार्ड प्रदान गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि भिसा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने गरी सुविधा दिँदै आएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका