स्वास्थ्य तालिम केन्द्रको सभाहलमा कालाजार तथा हात्तीपाईले रोग नियन्त्रण सम्बन्धि छलफल – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १९, २०७७
  • होमपेज
  • स्वास्थ्य तालिम केन्द्रको सभाहलमा कालाजार तथा हात्तीपाईले रोग नियन्त्रण सम्बन्धि छलफल

स्वास्थ्य तालिम केन्द्रको सभाहलमा कालाजार तथा हात्तीपाईले रोग नियन्त्रण सम्बन्धि छलफल

स्वास्थ्य तालिम केन्द्रको सभाहलमा कालाजार तथा हात्तीपाईले रोग नियन्त्रण सम्बन्धि छलफल

पाेखरा, २५ असाेज ।  कालाजार तथा हात्तीपाईले रोग नियन्त्रणका लागि  गण्डकी प्रदेशमा आबश्यक पर्ने औषधि तथा सामाग्रीहरुको आपूर्ति तथा वितरण सम्बन्धि छलफल  तथा बैठक स्वास्थ्य तालिम केन्द्रको सभाहलमा सम्पन्न भएकाे छ ।

सामाजिक बिकास मन्त्रालयको आयोजनामा कालाजार तथा हात्तीपाईले रोग नियन्त्रणका लागि प्रदेशमा आबश्यक पर्ने औषधि तथा सामाग्रीहरुको मौज्दात, आपूर्ति तथा वितरण के कसरी गर्ने सकिन्छ त भन्ने उध्येश्यले उक्त बैठक राखिएकाे हाे ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद बिन्दु शर्माको अध्यक्षतामा बसेको बैठकमा स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्र र स्वास्थ्य तालिम केन्द्रका निर्देशक श्री खिम बहादुर खड्का, सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख श्री शम्भु प्रसाद ज्ञवाली, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका  निर्देशक श्री सपना सुबेदी लगायत सामाजिक बिकाश मन्त्रालय, स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्र, स्वास्थ्य निर्देशनालयका अन्य कर्मचारीहरुको उपस्थिति रहेको छ ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका