पोखरा–२२ पुम्दीभुम्दीका ४ समूहसहित १ सय ३५ घरपरिवारलाई राहत सामग्री वितरण – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १९, २०७७
  • होमपेज
  • पोखरा–२२ पुम्दीभुम्दीका ४ समूहसहित १ सय ३५ घरपरिवारलाई राहत सामग्री वितरण

पोखरा–२२ पुम्दीभुम्दीका ४ समूहसहित १ सय ३५ घरपरिवारलाई राहत सामग्री वितरण

आदर्श समाज

पोखरा–२२ पुम्दीभुम्दीका ४ समूहसहित १ सय ३५ घरपरिवारलाई राहत सामग्री वितरण

पोखरा, २५ असोज,

पोखरा–२२ पुम्दीभुम्दीका ४ समूहसहित १ सय ३५ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ ।पुम्दीभुम्दी कल्याणकारी सञ्जाल यूरोपका मीनबहादुर गुरुङको सक्रियतामा यूरोपमा संकलित ५ लाख ६३ हजार रुपैयाँबाट शनिबार नगदसहित खाद्य राहत सामग्री वितरण गरिएको कालाभाङ घडेरी तमु समाज पोखराका अध्यक्ष दुर्गाबहादुर गुरुङले बताउनुभयो ।

पुम्दीभुम्दी कल्याणकारी सञ्जाल यूरोपका मीनबहादुर गुरुङको सक्रियतामा यूरोपमा संकलित ५ लाख ६३ हजार रुपैयाँबाट शनिबार नगदसहित खाद्य राहत सामग्री वितरण गरिएको कालाभाङ घडेरी तमु समाज पोखराका अध्यक्ष दुर्गाबहादुर गुरुङले बताउनुभयो।शनिबार लुकुनस्वाँराबाट राहत वितरण गर्न सुरु गरिएको थियो । उक्त राहत वितरण कार्य शुभारम्भ गर्दैै गण्डकी प्रदेश सांसद रामजी बराल, जीवन ले रोजगारी शिलशिलामा विदेश गएर पनि आफ्नो ठाउँका सहयोग गर्नु प्रशंसनीय कार्य भएको बताउनुभयो । यस्तै, कालाभाङ र पैयू चौतारा भुम्दी मा राहत वितरण भयो ।

पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले राज्यको अभियानमा यस्तो राहत वितरण कार्यक्रमले थप टेवा पुग्ने जनाउनुभयो ।पुम्दी टुनार आमा समूह, काभ्रे देउराली स्वाँरा आमा समूह, कालाभाङ चक्रा हाल्ने डाँडा र भुजेल आमा समूह (पुम्दी) लाई जनही २५/२५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो । अन्य व्यक्तिलाई जनही ५ सय नगद साथमा खाद्यसामग्री सहित जनही ३ हजार बराबरको राहत उपलब्ध गराइएको अध्यक्ष गुरुङले बताउनुभयो ।बेल्जियममा रहेका मीनबहादुर गुरुङबाट २ लाख ४८ हजार, पवित्रा गुरुङ १ लाख ६२ हजार, चित्र गुरुङ २८ हजार र चोककुमार गुरुङ १४ हजार राहत दिए ।त्यसैगरी, रेशम बरालबाट २ सय यूरो, मृगेन्द्र बराल १ सय ५० युरो, नर्वेमा रहेका रोशन बराल २ सय युरो, स्पेनमा रहेका गोपाल गुरुङ ५० यूरो, बसन्ती गुरुङ ५० यूरो, पालप्रसाद गुरुङ ५० यूरो, देव गुरुङ ५० युरो, किरण गुरुङ ५० यूरो र एनआरएन स्पेन संयोजक देउकाजी गुरुङ ५० यूरो सहयोग रकम प्राप्त भएको कालाभाङ घडेरी तमु समाज पोखराले जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका