जीपले ठक्कर दिँदा पोखरामा स्कुटर चालकको मृत्य – Samacharpati
Samacharpati
शनिबार, कार्तिक १५, २०७७
  • होमपेज
  • जीपले ठक्कर दिँदा पोखरामा स्कुटर चालकको मृत्य

जीपले ठक्कर दिँदा पोखरामा स्कुटर चालकको मृत्य

जीपले ठक्कर दिँदा पोखरामा स्कुटर चालकको मृत्य

पोखरा, २५ असोज,

भूपि शेरचन राजमार्गअन्तर्गत पोखरा–२ बागलुङ बसपार्कमा गएराति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नम्बरको बोलेरो जीपले ग १२ प ५३१३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा कास्कीको माछापुच्छ«े गाउँपालिका वडा ७, धम्पुसकी २६ वर्षीया तारा बिकको मृत्यु भएको छ ।दुर्घटनामा घाइतेलाई उपचारार्थ फिस्टेल अस्पताल, गैह्रापाटन लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी सुवास हमाललेजानकारी दिनुभयो ।जीपचालक गोरखा आरुघाटका २१ वर्षीय सुदीप विकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका