राष्ट्रपति ज्यू, बिन्ती राजिनामा दिनुहोस !–Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • राष्ट्रपति ज्यू, बिन्ती राजिनामा दिनुहोस !

राष्ट्रपति ज्यू, बिन्ती राजिनामा दिनुहोस !

राष्ट्रपति ज्यू, बिन्ती राजिनामा दिनुहोस !

प्रेक्षा धामी । २०७२ साल कार्तिक १२ गते म खुशीे र हर्षले बिभोर भएको दिन किन कि हाम्रो जस्तो पुरुष प्रधान राष्ट्रमा देशको सर्वोच्च पदमा एउटा महिला नियुक्ती भएको दिन अर्थात, विद्यादेबी भण्डारी ज्यू देशको राष्ट्रपति भएको दिन जुन दिन सामान्य म शिक्षकको छोरी ले पनि भोली गएर मैले पनि देश को संसद समाल्न सक्छु भन्ने आँट र हौसला बोकेको दिन , टोल भरी खुशी ले नाच्दै दगुरेको दिन, उहाँलाई देखेर राजनितीमा ३३ प्रतिशत होईन ५०प्रतिशत महिला सहभागी हुन्छ, भनी मैले वक्तृत्वकलाहरुमा भन्ने गर्थे, आजका कलिला मुना भोलीका देशका राष्ट्रपति विद्यादेबी भण्डारी ज्यू जस्ता बन्ने छन केबल उनिहरुलाई सपना र अबसर दिनुहोस, तर म आज ति शब्दहरु फिर्ता लिन चाहन्छु ।

राष्ट्रपति ज्यू २०७२ सालमा म हजुर भन्दा पनि बढी खुशी भएकी थिए।तर आज दुख लागी रहेकोछ । हजुर लाई रोल मोडल मान्दै आएकी थिए यतिका बर्षसम्म महिलाराष्ट्रपति भएको देशमा पनि दिन प्रतिदिन बलत्कार का घटना हरु भैराख्दा पनि मेरो देशका राष्ट्रपतिको मुखार बिन्दु बाट किन शब्द हरु को वाक्य फुट्दैन्न, के सितल निवास सम्म निर्मला पन्त र सम्झना बिकको आत्मा को रोदन चिच्यावट सुनिदैन, करोडौको कारपेट त फेर्नु भयो अब एउटा पार्दशी झ्याल हाल्नुहोस जहाँ तपाइका कान मा प्रष्ट मात्रामा त्यो चिच्याहट र रोदन सुनियोस, म तपाइलाई बिलौना गर्न चाहन्छु,राष्ट्रपति ज्यू, हुन त यो एउटा साधारण चेलीको आवाज सितल निवास सम्म के पुग्लार १ तर पनि आज म यो पत्र लेख्दै छु जसरी तपाइ २०७२ साल मा मेरी रोल मोडेल बन्नु भएको थियो त्यसैगरी केहि न केहि एक्सन लिनुहोस । तेज हावा हुरी मा मन्दिर को मुर्ती त हल्लिन्छ भने देश मा यस्तो तुफान गैराखेको बेला पनि किन निशब्द भैराख्नु भएको छ ।महँगो मोबाइल खोल्नुहोस त्यहाँ दिन प्रतिदिन छोरीहरुको अस्मिता लुटिएको देखेर तपाइको छाती पोल्छ कि पोल्दैन, अनी आफुलाई ऐनामा हेर्नुहोस म सम्पुर्ण महिलाको प्रतीनिधी भएर सितल निबासमा बसेर के गरौ ?

सक्नु हुन्छ भने एक्सन लिनुहोस, सक्नुहुन्न भने राजिना मा दिनुहोस किनकी एउटा महिला भएर अर्को महिला को बिरुद्धमा भएको अत्याचार मा निशब्द भएर टुलुटुलु हेरिराख्नु भएको म हेर्न सक्दिन। त्यस्ता बलत्कारीहरुलाइ बाच्ने अधिकार छैन । न्यायको बत्ती ननिभोस , कोक्रो हल्लाउने हातले यो देश हल्लाउनुछ । सक्नुहुन्छ एक्सन लिनुहोस सक्नुहुन्न बिन्ती राजिनामा दिनुहोस ।

(प्रेक्षा धामी पोखरा विश्वविद्यालयमा अध्ययनरत छात्रा हुन् ।)

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका