fbpx

पशु स्वास्थ्य क्षेत्र सरकारको उपेक्षामा पर्ने गरेको छ : विकासमन्त्री

author

समाचारपाटी

११ महिना अगाडि

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले मानव स्वास्थ सेवामा जस्तै पशु स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।

 
आईतवार काठमाडौंमा भएको महिला पाराभेटेनरीयनहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्म सरकारले मानव स्वास्थ्य सेवा क्षेत्रमा मात्रै महत्व दिएको भन्दै अब सरकारले पशु स्वास्थ्य सेवाको क्षेत्रमा पनि महत्व दिने बताउनु भयो। उहाँले पशु स्वास्थ्य क्षेत्र सरकारको उपेक्षामा रहेको भन्दै पशु स्वास्थ्य मानवसँग अभिन्न रुपले जोडिएको विषय बुझ्न नसकिएको बताउनु भयो । मन्त्री भुसालले सरकारले अहिलेसम्म पशु स्वास्थ्यको क्षेत्रमा महत्व नदिएको स्वीकार गर्नुभयो । उहाँले अब सरकारले पशु स्वास्थ्य क्षेत्रका भएका कानून परिमार्जन र नयाँ कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने बताउनु भयो । 


उहाँले भन्नुभयो,‘हामीले मानव स्वास्थ्यको बारेमा धेरै ख्याल गर्छौं । धेरै अस्पतालहरु समेत खोलेका छौं । तर पशुस्वास्थ्यलाई सरकारले नै उपेक्षा गरेका छौं भन्ने लाग्छ । पशु स्वास्थ्य मानवसँग अभिन्न रुपले जोडिएको छ भन्ने कुरा बिर्सेर यसो गरिरहेका छौं । हामीले त्यो बुझाउन आवश्यक छ । पशु स्वास्थ्यलाई सरकारले जति महत्व दिएरहेका छैनौं । अब सरकारले पनि महत्व दिनुपर्छ । पशु स्वास्थ्य सेवाको क्षेत्रलाई पनि मानव स्वास्थ्य सेवाको क्षेत्रमा जस्तै महत्वका साथ अगाडि बढाउनु पर्छ । त्यसका लागि धेरै काम भएपनि अहिलेदेखि थालनी गर्नुपर्छ । अहिले भइरहेका ऐनको परिमार्जनको विषयमा कुरा उठेका छन् । भने सरकारले कतिपय नयाँ ऐनहरु पनि बनाउनु पर्नेछ । बनेका ऐनहरुको नियमावलीहरु नबन्ने नकारात्मक प्रवृतिहरु छन् । तीनीहरुलाई हटाउँदै लैजानुपर्छ । अब महिलाहरुलाई हेप्छन भन्ने जमान गए । तपाईहरुले पनि महिलालाई हेप्छन् भन्न छोड्नुहोस् । अब पनि महिलाहरुलाई चुलो चौकामा मात्रै सिमित गरिन्छ भनेर किन भन्ने । महिलाहरु देशभर यसरी सक्रिय भएर लाग्नु भएको छ । अब महिलाहरु समाजलाई कसरी अगाडि बढाउने भन्ने हिसाबले अगाडि बढ्न आवश्यक छ ।’


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक