गैरआवासीय नेपाली संघ दोस्रो ज्ञान सम्मेलनमा व्यवस्थित पूर्वाधार निर्माण गर्नमा जाेड – Samacharpati Samacharpati गैरआवासीय नेपाली संघ दोस्रो ज्ञान सम्मेलनमा व्यवस्थित पूर्वाधार निर्माण गर्नमा जाेड – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन २४, २०७७

हालको खबर

  • होमपेज
  • गैरआवासीय नेपाली संघ दोस्रो ज्ञान सम्मेलनमा व्यवस्थित पूर्वाधार निर्माण गर्नमा जाेड

गैरआवासीय नेपाली संघ दोस्रो ज्ञान सम्मेलनमा व्यवस्थित पूर्वाधार निर्माण गर्नमा जाेड

गैरआवासीय नेपाली संघ दोस्रो ज्ञान सम्मेलनमा  व्यवस्थित पूर्वाधार निर्माण गर्नमा जाेड

काठमाडौं, २४ असाेज । योजना बनाएर पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने शुक्रबार एक कार्यक्रममा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो ज्ञान सम्मेलनको अवसरमा ‘भौतिक पूर्वाधार निर्माण’ विषयक छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले व्यवस्थितरुपमा निर्माणमा जोड दिनुपर्ने बताएका थिए ।

व्यवस्थित पूर्वाधार निर्माण अहिलेको आवश्यकता भएको भन्दै कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले योजना बनाएर शहरीकरण गर्न सके भविष्यमा समस्या नआउने बताएका छन । नेपालमा पूर्वाधारमा लगानी विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल पूर्वाधार बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले पूर्वाधार क्षेत्रमा लगानी गर्न आतुर रहेको बताउनुभयो । ६० प्रतिशत सरकारको लगानी ३० प्रतिशत निजी क्षेत्रले पूर्वाधार क्षेत्रमा लगानी गर्दै आएका छन् । यातयाता, उर्जा, कृषि, पर्यटन, विशेष आर्थिक क्षेत्र९सेज०, शहरी पूर्वाधार लगायत क्षेत्रमा अवसर लगानीको अवसर रहेको उहाँले बताउनुभयो ।

हाइड्रो, टुरिजम होटल र सीमेन्ट उद्योगमा पूर्वाधार निर्माण क्रम बढेको उनले बताए । पब्लिक प्राइभेट पाटनरसीपमा पूर्वाधार लगानी पर्याप्त मात्रामा हुन नसकेको उहाँको भनाइ छ । कार्यपत्र प्रस्तुत गर्दै पिई सतिस त्रिपाठीले आर्थिक विकास सुस्त भएको बताउनुभयो । ६ प्रतिशतदेअि ८ प्रतिशतसम्मको जिडीपी ग्रोथले आर्थिक विकासमा जाँदा पनि विकास सुस्त भएको उहाँको भनाइ छ ।

अरु देशले सुरु गरेको पूर्वाधारको तुलनामा नेपाल निकै पछि रहेको उहाँको भनाइ छ । ‘सडकको ट्रयाक खोल्नमै छौ, उहाँले भन्नुभयो, हामी डेपलपमेन्टमा छैनौ’ अब लगानी गर्ने पूर्वाधारले देशको विकास कहाँ पुग्छ भन्ने भन्न सकिने उहाँको भनाइ छ । योजनाबद्ध ढंगले अघि बढ्न नसक्दा पूर्वाधार विकास हुन नसकेको उहाँको भनाइ छ । संघीयता सुरु भएको समयमा पूर्वाधार निर्माणको चरण भएको उहाँको भनाइ छ ।
५ वर्षमै पूर्वाधार बिग्रनेखालको बनाउन हुँदैन । पूर्वाधारका लागि लगानी गर्दैछौं । १९७० को मोडेलमा रहने होइन । दिर्घकालिन योजना बोकेर जानुपर्छ ।

थोरै काममा काम गर्दा पूर्वाधार निर्माण भएन, अब त स्थानीय तहले योजना बनाएर काम गर्न सक्छन्’ उहाँले भन्नुभयो । प्रोफेसर डां संगिता सिंहले भूकम्पपछि पुर्ननिर्माणको काम अघि बढ्न नसकेको बताउनुभयो । योजना बनाएर शहर निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । पूर्वाधार निर्माणमा योजना बनाएर अघि बढ्न सके पछि समस्या नआउने र व्यवस्थित शहर बन्ने उहाँको भनाइ छ । धुर्मुस सुन्तली फाउन्डेसनले बस्ती निर्माण गरेजस्तै सरकारले पनि त्यसरी योजना बनाएर अघि बढ्न आवश्यक भएको उहाँको भनाइ छ ।

सिभिल ईञ्जिनियर केशवराज ज्ञवालीले भवन बनाउँदा पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक भएको बताउनुभयो । विकसित शहर बनाउन पहिला नै योजना बनाउनुपर्छ’उहाँले भन्नुभयो । नेपालको शहरी क्षेत्र पूर्णरुपमा व्यवस्थित हुन नसकेको भन्दै अब निर्माण गर्दा व्यवस्थित गर्न सकिने बताउनुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै रतन झाले पूर्वाधार निर्माणमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ । विदेशी लगानी आउन नसक्नुको कारण खोज्नुपर्ने उहाँको भनाइ छ । आर्जन गरेको सीप र ज्ञान ट्रान्सफर गर्न मेकानिजम बनाउन आवश्यक भएको उहाँको भनाइ थियो ।
ईञ्जिनियर दिपक बाबु कडेलले गैरआवासीय संघले बस्ती सार्न खोज्दा नसकिएको बताउनुभयो । नेपालमा रेल आवश्यकताभएपनि जीवन जिउने आवश्यकता भएको बताउनुभयो । ‘जसरी हुन्छ, आर्थिक विकास गर्नैपर्छ’उहाँले भन्नुभयो,‘त्यसका लागि विदेशी लगानी बढाउनै पर्छ ।

स्मार्ट सिटी बनाउन ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । अरुणदेव पन्तले विल्डिङ इन्फास्टक्चरमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड १९ ले उत्पन्न गरेको विशम परिस्थितिमा पनि गैरआवासीयले महत्वपूर्ण काम गरेको बताउनुभयो । भौतिकरुपमा टाढा रहेपनि संमृद्ध नेपाल, सुखी नेपालीको नारा सार्थक गर्न विश्वकै जुनसुकै देशमा बस्ने नेपालीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गरी विकासशील बनाउन पूर्वाधारले महत्वपूर्ण योगदान दिने बताउनुभयो । स्थायी सरकार बनेसँगै देश निर्माणको क्रममा अघि बढेको बताउनुभयो । नीतिगत रुपमा सहज गर्दै विदेशी लगानी आकर्षित गर्दै पूर्वाधार निर्माणमा अघि बढेको उहाँको भनाइ छ । रेल, बाटो, सुरुङमार्ग निर्माणमा अघि बढेको बताउनुभयो ।

मन्त्री नेम्वाङले शहरी विकासमा सरकार लागिपरेको बताउनुभयो । ‘नयाँ संरचना निर्माण गर्दा त्यसतर्फ ध्यान दिएका छौं’उहाँले भन्नुभयो । मेघा शहर निर्माण गर्दा व्यवस्थित गरेर जाने बताउनुभयो । सुरक्षित नागरिक आवाज, जनता आवास, पुर्ननिर्माण क्षेत्रमा सरकारले ध्यान दिएको बताउनुभयो ।

नेपालमा कस्तो प्रकारको बिल्डिङ बनाउने भन्ने विषयमा योजना बनाएका छौं’उहाँले भन्नुभयो । विगतदेखि २७ वटा नयाँ शहर र १५ वटा स्मार्ट शहर बनाउन लागिएको बताउनुभयो । हिमाली भेगमा पनि हावापानी सुहाउँदो शहर बनाउने गरी ५ वटा ठाउँमा व्यवस्थित गरी अघि बढेको उहाँको भनाइ छ । एक शहर एक पहिचानको रुपमा अघि बढेको उहाँले बताउनुभयो ।

भारतको सिमाना जोडिएका ३० वटा नगरलाई व्यवस्थित शहर बनाउन लागिएको र १ सय ५८ वटा नयाँ शहरमा राम्रो नगर बनाउन लागिएको उहाँको भनाइ छ । दुई सय ९३ नगरलाई व्यवस्थित बहर बनाउन सरकार लागिपरेको उहाँले बताउनुभयो । पूर्वाधार निर्माणमा देश अघि बढेको भन्दै आवश्यकता अनुसार नीतिगत व्यवस्था गर्न लागेको उहाँले बताउनुभयो ।

साना सडक व्यवस्थित गर्ने, पूर्व पश्चित रेल मार्ग निर्माण तथा सुरुङमार्ग निर्माणमा सरकारको प्राथमिकता गएको उहाँको भनाइ छ । उपत्यकाभित्र व्यवस्थित शहर निर्माण गर्न लागिएको र गैरआवासीय संघको समन्वयमा लगानी भित्राएर अघि बढ्ने बताउनुभयो ।
गैरआवासीय नेपाली संघका सचिव आरके शर्माले सरकार र निर्माण व्यवसायीबीच सुमधुर सम्बन्ध हुन नसकेको बताउनुभयो ।

देशको विकासका लागि दुवै पक्ष एक भएर जानुपर्ने बताउनुभयो । पूर्वाधार निर्माणका लागि एनआरएनले सघाउने उहाँले बताउनुभयो । ‘गुणस्तर निर्माण गर्न हामी चुकेका छौं’उहाँले भन्नुभयो । प्रविधि प्रयोग र नेपालमा प्रविधि हस्तान्तरण गर्न सरकारले ध्यान दिन जरुरी भएको उहाँको भनाइ छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका