डाक्टर गोविन्द केसीको सर्मथनमा जिल्ला अस्पताल स्याङ्जामा ऐक्यबद्धता कार्यक्रम सम्पन्न – Samacharpati
Samacharpati
शनिबार, मंसिर १३, २०७७
  • होमपेज
  • डाक्टर गोविन्द केसीको सर्मथनमा जिल्ला अस्पताल स्याङ्जामा ऐक्यबद्धता कार्यक्रम सम्पन्न

डाक्टर गोविन्द केसीको सर्मथनमा जिल्ला अस्पताल स्याङ्जामा ऐक्यबद्धता कार्यक्रम सम्पन्न

डाक्टर गोविन्द केसीको सर्मथनमा जिल्ला अस्पताल स्याङ्जामा ऐक्यबद्धता कार्यक्रम सम्पन्न
photo source:district hospital syangja

स्याङजा, २३ भदाै । चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसी को सर्मथनमा विभिन्न चिकित्सा क्षेत्रका चिकित्सकहरु  आन्दोलनमा  उत्रिएका  छन । डा केसीको समर्थनमा  जिल्ला अस्पताल स्याङ्जामा ऐक्यबद्धता कार्यक्रम सम्पन्न भएकाे छ ।

देशको स्वास्थ्य संरचनालाई सुदृढिकरण गराउनका हेतु देश भनेको राजधानी र केहि सीमित सहरहरू मात्र हैनन्, कर्णाली जस्ता दुर्गम भागमा पनि नेपाली जनता नै बस्छन्,यस्ता देशका दुरदराजमा पनि मेडिकल शिक्षा अविलम्ब उपलब्ध होस भन्ने डाक्टर केसीको माग छ।

डाक्टर केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित भएका हुन् । डाक्टर केसीले राखेको जायज माग पूरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले  ”डा केसी व्यक्तिमात्र हैन्न सारा नेपालिकाे आवज हुन् , ”सरकार सुतेकाे डा केसी जागेकाे आज २३ औ दिन भयाे , मेडिकल शिक्षालाई अगाडि बढाउ पछाडि हैन, चुप चुप बिस्तारै बाेल सरकार निदाएकाे छ , जनताकाे सरकारकि माफियाकाे मतियार , जस्ता  नारा लेखिएको बाेर्डसहित स्याङ्जामा जिल्ला अस्पतालमा चिकित्स लगायत अस्पतालका कर्मचारीले ऐक्यबद्धता कार्यक्रम गरेकाे छन ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका