पर्वतको फलेवास नगरपालिकामा नहरले बगाउँदा एक बालिकाको मृत्यु – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • पर्वतको फलेवास नगरपालिकामा नहरले बगाउँदा एक बालिकाको मृत्यु

पर्वतको फलेवास नगरपालिकामा नहरले बगाउँदा एक बालिकाको मृत्यु

पर्वतको फलेवास नगरपालिकामा नहरले बगाउँदा एक बालिकाको मृत्यु

पर्वतको फलेवास नगरपालिकामा नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । बोडिङ हिँडेको समयमा खुट्टा धुने क्रममा नहरले बगाउँदा फलेवास नगरपालिका –६ देविस्थान स्थित चन्दनीकी आठ बर्षिया श्रीसा रानाको मृत्यु भएको हो ।

विहान ११ बजे बोडिङ हिँडेकी बालिकाले स्थानीय साताकुरियामा नहरमा खुट्टा धुँदा चिप्लिएर नहरमा खसेकी थिईन । बालिकालाई नहरले बगाउँदा सँगै रहेका भाईले स्थानीयलाई खवर गरेर थिए । बालिकालाई नहरले बगाए ५ मिटर तल पु¥याएको र स्थानीयले तत्काल उद्धार गरी धुलिखेलस स्वास्थ्य केन्द्र खानीगाउँमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका