ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५० लाख ६९४ पुग्यो – Samacharpati
Samacharpati
शनिबार, कार्तिक १५, २०७७
  • होमपेज
  • ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५० लाख ६९४ पुग्यो

ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५० लाख ६९४ पुग्यो

रासस

ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको  सङ्ख्या ५० लाख ६९४ पुग्यो

ब्राजिल, २२ असोज ,

ब्राजिलमा बुधबार कोभिड–१९ सङ्क्रमितको ३१ हजार ५५३ भएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५० लाख ६९४ पुगेको जोन हकिन्स विश्वविद्यालयको विज्ञान तथा इन्जिनियरिङ्ग व्यवस्थापन केन्द्रले बिहीबार जानकारी गराएको छ ।

 

दक्षिण अफ्रिकी यो मुलुकमा विगत २४ घण्टामा सङ्क्रमित ७३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोभिड–१९ सङ्क्रमित एक लाख ४८ हजार २२८ जनाको मृत्यु भइसकेको छ । यस मुलुकको सबैभन्दा बढी प्रभावित शहर साओ पाओलोमा मात्रै १० लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । यहाँ कूल ३६ हजार ६६९ जनाको मृत्यु भएको छ ।अमेरिकापछि विश्वमा कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु हुने मुलुक ब्राजिल हो ।

ब्राजिलमा गत फेब्रअरी २६ मा कोभिड–१९ को पहिलो सङ्क्रमण पुष्टि भएको थियो ।विश्वव्यापी महामारीका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा कूल ७७ लाख ७६ हजार २२४ व्यक्ति सङ्क्रमित भएका छन् भने सङ्क्रमित दुई लाख १६ हजार ७३७ जनाको मृत्यु भएको छ । तेस्रो बढी प्रभावित मुलक भारतमा कूल ६८ लाख ३५ हजार ६५५२ व्यक्ति सङ्क्रमित भएका छन् भने सङ्क्रमितमध्ये एक लाख पाँच हजार ५५४ जनाको मृत्यु भएको छ ।विश्वव्यापी महामारीका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा कूल ७७ लाख ७६ हजार २२४ व्यक्ति सङ्क्रमित भएका छन् भने सङ्क्रमित दुई लाख १६ हजार ७३७ जनाको मृत्यु भएको छ ।

तेस्रो बढी प्रभावित मुलक भारतमा कूल ६८ लाख ३५ हजार ६५५२ व्यक्ति सङ्क्रमित भएका छन् भने सङ्क्रमितमध्ये एक लाख पाँच हजार ५५४ जनाको मृत्यु भएको छ ।विश्वका अन्य प्रभावित मुलुकहरूमा रूस, कम्वोडिया, चिली, पेरू, स्पेन, फ्रान्स, इटालीलगायत अमेरिकी र यूरोपेली मुलुक नै रहेका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका