पोखरामा एक कोरोना संक्रमितको मृत्यु – Samacharpati Samacharpati पोखरामा एक कोरोना संक्रमितको मृत्यु – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • पोखरामा एक कोरोना संक्रमितको मृत्यु

पोखरामा एक कोरोना संक्रमितको मृत्यु

पोखरामा एक कोरोना संक्रमितको मृत्यु

पोखरामा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार केन्द्रको आइसियुमा उपचाररत पोखरा १६ का ८३ वर्षे वृद्धको बिहीबार बिहान मृत्यु भएको हो ।

असोज १३ गते कोरोना पुष्टि भएपछि केन्द्रको आइसियुमा भर्ना भएका वृद्धको बिहीबार बिहान १०स्४३ मा उपचारकै क्रममा मृत्यु भएकोप्र तिष्ठानका निर्देशक सह। प्रा।डा। अर्जुन आचार्यले जानकारी दिनुभयो ।उहाँका अनुसार वृद्धमा कोभिडसँगै मधुमेह र मृगौलासम्बन्धी समस्या रहेको थियो ।

यो सँगै प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोनाबाट ३७ जनाको ज्यान गएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका