कावासोती, २१ असोज ,नवलपुर ट्याक्टर समितिअन्तर्गत कावासोती उपसमितिले नदीदोहन समाचार विषयलाई लिएर समाचार लेख्ने पत्रकारद्वय शालिकराम कोइराला र रामकुमार श्रेष्ठलाई गरेको व्यवहारप्रति नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यस्तै, पत्रकारलाई गरिने यस्ता ब्यबहारले पत्रकारिता पेशाप्रति नकरात्मक भ्रम सिर्जना गर्ने कार्य कोही कतैबाट नहोस् भन्ने माग समेत गरेको छ ।विज्ञप्तिमा ट्याक्टर उपसमिति अध्यक्ष लगायतलाई आइन्दा यस्तो हर्कत नदोहो¥याउन महासंघले ध्यानाकषर्ण गराउँदै कानून हातमा लिई सञ्चारकर्मी उपर अवान्छित र अमर्यादित व्यवहार गर्नेहरुलाई कानूनी दायरामा ल्याई आवश्यक कारबाही गर्न महासंघले सम्बन्धित निकायसँग माग समेत गरेको छ ।
कावासोतीको कृष्ण गिरीको अध्यक्षतामा रहेको ट्याक्टर उपसमितिले कावासोतीका पत्रकार रामकुमार श्रेष्ठ, शालिकराम कोइराला र ट्याक्टर पक्राउ गर्न सुराकी गरेको भन्दै कावासोती १६ का ५ जना स्थानीयको खेत नजोत्ने र कुनै पनि ट्याक्टर गए १५ हजार जरिवाना गराउने निर्णय गरेको थियो ।यस्तै, नदीजन्य वस्तुको दोहन गरेको विषयलाई लिएर लेखिएको समाचारकै आधारमा पत्रकारलाई सुराकी गरेको जस्ता आरोप लगाएर ट्याक्टर समितिले गरेको अभद्र व्यवहारप्रति नेपाल प्रेस युनियन नवलपुरले पनि आपत्ति जनाएको छ ।
युनियन नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा कानून हातमा लिई सञ्चारकर्मी उपर अवान्छित र अमर्यादित व्यवहार गर्नेहरुलाई कानूनी दायरामा ल्याई कारबाही गर्न माग गरिएको छ ।