कास्कीका रेशम योगी युवा सजगता अभियानको केन्द्रीय सदस्यमा नियुक्त – Samacharpati
Samacharpati
शनिबार, कार्तिक १५, २०७७
  • होमपेज
  • कास्कीका रेशम योगी युवा सजगता अभियानको केन्द्रीय सदस्यमा नियुक्त

कास्कीका रेशम योगी युवा सजगता अभियानको केन्द्रीय सदस्यमा नियुक्त

कास्कीका रेशम योगी युवा सजगता अभियानको केन्द्रीय सदस्यमा नियुक्त

पोखरा, २१ असोज । युवा सजगता अभियानको केन्द्रीय सदस्यमा रेशम योगि नियुक्त हुनुभएको छ ।

अभियानको संगठन विस्तार, नीति, योजना तथा कार्यक्रम संचालनका लागि योगिलाई केन्द्रीय सदस्यमा नियुक्ति गरिएको अध्यक्ष चिन्तन पौडेलले बताउनुभयो ।

“सामजिक विकासबाट नै राष्ट्रको उन्नति सम्भव छ भन्ने मुल नारालाई आत्मासाथ गर्दै युवा (सजगता) अभियान संचालित छ ।” योगीलाई दिइएको पत्रमा भनिएको छ – “युवा जागरण (सजगता) अभियान एउटा सामाजिक अभियान हो । युवामा राजनीति प्रतिको वितृष्णालाई कम गराउने, देशमै रोजगारीको अवसर खोज्ने, शिपमुलक तालिम र दक्ष जनशक्ति निर्माण गरि उद्यमशील बनाउने संस्थाको लक्ष्य हो ।”

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका