नवलपरासीमा हात्तीले कुल्चेर माउतेको निधन त्यसैगरी पूर्वी नवलपरासीबाट २३ जना फरार अभियुक्त पक्राउ – Samacharpati Samacharpati नवलपरासीमा हात्तीले कुल्चेर माउतेको निधन त्यसैगरी पूर्वी नवलपरासीबाट २३ जना फरार अभियुक्त पक्राउ – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन २५, २०७७
  • होमपेज
  • नवलपरासीमा हात्तीले कुल्चेर माउतेको निधन त्यसैगरी पूर्वी नवलपरासीबाट २३ जना फरार अभियुक्त पक्राउ

नवलपरासीमा हात्तीले कुल्चेर माउतेको निधन त्यसैगरी पूर्वी नवलपरासीबाट २३ जना फरार अभियुक्त पक्राउ

नवलपरासीमा हात्तीले कुल्चेर माउतेको निधन  त्यसैगरी  पूर्वी नवलपरासीबाट २३ जना फरार अभियुक्त पक्राउ

नवलपरासीमा हात्तीले कुल्चेर सोमबार माउतेको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको कावासोती–१२ मा रहेको आइसल्याण्ड जंगल रिसोर्टमा आफ्नै हात्तीले किचेर कावासोती १० निवासी ५६ वर्षीय लोकबहादुर खजुवारको मृत्यु भएको हो ।हात्तीलाई पानी खुवाउन लैजाने क्रममा हात्ती रिसोर्टभित्रै पसेर आक्रमण गरेको हो ।

आक्रमणबाट गम्भीर घाइते खजुवारको उपचार क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा सोमबार दिउँसो निधन भएको हो ।

त्यसैगरी पूर्वी नवलपरासीबाट २३ जना फरार अभियुक्त पक्राउ परेका छन् । अदालतबाट कैद सजाय भुक्तानी गर्न बाँकी रहेका अभियुक्तहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । सार्वजनिक अपराध, जालसाजी, लागूऔषध, सवारी ज्यान, लुटपाट, चोरी, कुटपीट, करकाप, कर्तब्य ज्यान, गाली बेइज्जती लगायत मुद्दाका फरार अभियुक्तहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका सबैलाई जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्व का प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका