नेपाली सेनाद्वारा चार महिनामा छाङरुको बाटो निर्माण – Samacharpati Samacharpati नेपाली सेनाद्वारा चार महिनामा छाङरुको बाटो निर्माण – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • नेपाली सेनाद्वारा चार महिनामा छाङरुको बाटो निर्माण

नेपाली सेनाद्वारा चार महिनामा छाङरुको बाटो निर्माण

नेपाली सेनाद्वारा चार महिनामा छाङरुको बाटो निर्माण

काठमाडौं, २० असोज । दार्चुलाको व्याँस गाउँपालिका १ छाङरुको बाटो निर्माण सम्पन्न भएको छ । नेपाली सेनाले ४ महिना लगाएर उक्त बाटो निर्माण सम्पन्न गरेको उक्त बाटो सोमवार स्थानीय सरकारलाई हस्तान्तरण गरेको हो ।

यस अघि व्यास वडा नम्बर १ का जनताले बिगत ३ वर्षदेखि बाटो अवरुद्ध हुँदा सदरमुकाम खलंगा जान भारतीय बाटो प्रयोग गर्दै आएका थिए ।

अब नेपाली सेनाले बाटो निर्माण सम्पन्न गरेपछि भारतीय बाटो अब प्रयोग गर्नुनपर्ने भएको छ । वैशाख १४ गते सरकारले बाटो निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो। १८४ घरधुरीका १२५० जना नागरिकले यस अघि भारतीय बाटो प्रयोग गर्दै आएका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका