स्याङ्जाको हुल्काङमा विद्यालय पहिरोले भत्काउँदा पठन पाठनमा समस्या ,मन्दिरमा पठन पाठन गराउन बाध्य – Samacharpati
Samacharpati
शनिबार, मंसिर १३, २०७७
  • होमपेज
  • स्याङ्जाको हुल्काङमा विद्यालय पहिरोले भत्काउँदा पठन पाठनमा समस्या ,मन्दिरमा पठन पाठन गराउन बाध्य

स्याङ्जाको हुल्काङमा विद्यालय पहिरोले भत्काउँदा पठन पाठनमा समस्या ,मन्दिरमा पठन पाठन गराउन बाध्य

स्याङ्जाको हुल्काङमा विद्यालय पहिरोले भत्काउँदा पठन पाठनमा समस्या ,मन्दिरमा पठन पाठन गराउन बाध्य

स्याङ्जाको वालिङ १४ हुल्काङमा रहेको जनकल्याण आधारभूत विद्यालयको भवन पहिरोले भत्काउँदा पठन पाठनमा समस्या भएको छ ।

२२ वर्ष पहिले स्थापना भएको उक्त विद्यालयको भवन माथिबाट आएको पहिरोले बगाएर लैजाँदा हाल बालसिकाई शिशु देखि पाँच कक्षासम्मका विद्यार्थीको शिक्षण सिकाई क्रियाकलाप प्रभावित भएको विद्यालयका प्रधानाध्यापक तीर्थराज डुम्रेले बताए ।

प्रअ डुम्रेले भने, “भदौ २६ गते अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवन जगै नरहने गरी लगेकाले पठन पाठनका लागि निक्कै समस्या भएको छ” ।अहिले विद्यालयको नजिकै रहेको मन्दिरमा पठन पाठन भईरहेको प्रअ डुम्रेले बताए । विद्यार्थीलाई मन्दिरमा राखेर पढाए पनि यो दीर्घकालीन र प्रभावकारी उपाय नभएकाले विद्यालय भवन निर्माणका लागि जग्गाको खोजि कार्य भईरहेको प्रअ डुम्रेले बताए ।

गाउँको मध्यभागमा रहेको उक्त विद्यालयको भवन भत्किएपछि पठन पाठनमा समस्या भएकोले तत्काल विद्यालय भवन निर्माण गरी कक्षा सञ्चालन गर्नुपर्ने अवस्था आएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।अहिले विद्यालय भवन भएको स्थानमा नयाँ संरचना बनाउन नहुने भएकाले स्थानीय तथा सरोकारवालाहरुलाई जग्गा उपलब्ध गराईदिन अनुरोध गरिएको नगर प्रमुख खाँणले बताए ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका