म्याग्दीको खरिभिरमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु – Samacharpati
Samacharpati
शनिबार, मंसिर १३, २०७७
  • होमपेज
  • म्याग्दीको खरिभिरमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

म्याग्दीको खरिभिरमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

म्याग्दीको खरिभिरमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

म्याग्दीको मालिका गाउँपालिका ७ बिम खरिभिरमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन ।

दरबाङ बाट बिममा निर्माणधीन भगवती आधरभुत विद्यालय को निर्माण सामाग्री लिएर बिम तर्फ जादै गरेको घ १ च ५२६ नम्बरको ट्याक्टर देउराली नजिकै आइतबार राति दुर्घटना हुदा रघुगङ्गा गाउँपालिका ३ का २३ बर्षिय आषिश खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय म्यादीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिए ।

गम्भीर घाइते खत्रीलाइ उपचारको लागी बेनी लैजादै गर्दा बाटैमा मृत्यु भएको हो ।यस्तै पर्वतको जलजला गाउँपालिका २ का ३० बर्षिय प्रवीण परियार गम्भीर घाइते भएका छन घाइते परियार लाइ पोखरा ल्याइएको छ। ट्याक्टर सडकदेखि ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय म्याग्दीले जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका