ध्रुव प्रसाद अम्गाईको परदेशीको पीडा समेटिएको ''तिमीलाई सन्देश'' सार्वजनिक – Samacharpati
Samacharpati
शुक्रबार, माघ ९, २०७७
  • होमपेज
  • ध्रुव प्रसाद अम्गाईको परदेशीको पीडा समेटिएको ”तिमीलाई सन्देश” सार्वजनिक

ध्रुव प्रसाद अम्गाईको परदेशीको पीडा समेटिएको ”तिमीलाई सन्देश” सार्वजनिक

ध्रुव प्रसाद अम्गाईको परदेशीको पीडा समेटिएको ”तिमीलाई सन्देश” सार्वजनिक

काठमान्डाैँ, १८ असाेज । दशैँ तिहारको पूर्व सन्ध्यामा गीतकार ध्रुव प्रसाद अम्गाईको परदेशीको पीडा समेटिएको ”तिमीलाई सन्देश” सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सङ्गीतकार सुनिल मास्केको सङ्गीत, प्रदिप श्रेष्ठको सङ्गीत संयोजन र हेमन्त कान्छा रसाईलीको स्वर सुन्न सकिन्छ।

भिडियो युवराज वाइबाको निर्देशनमा तयार भएको हो । जसमा निश्चल पौडेलको सिनेम्याटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ िभिडियोमा गीतका गायक समेत रहेका हेमन्त कान्छा र रेनु पुन मगरले अभिनय गरेका छन्।

भिडियोमा परदेशी युवकले दशैं तिहारमा घर आउन नपाएको तर मन परिवारमै भएको हृदयस्पर्शी सन्देश व्यक्त भएको छ । खासगरी आफ्नी अर्धाङ्गिनी र बाबुआमालाई पत्र मार्फत उसले पठाएको सन्देश यथार्थपरक, समसामयिक र मन छुने किसिमको छ ध्रुव प्रसाद अम्गाई लामो समयदेखि गीत सङ्गीतमा सक्रिय छन्। उनका केही गीतहरु सार्वजनिकको तयारीमा छन्।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका