स्थानीय पाठ्यक्रम बनाउँदै भीरकोट नगरपालिका – Samacharpati
Samacharpati
शनिबार, मंसिर १३, २०७७
  • होमपेज
  • स्थानीय पाठ्यक्रम बनाउँदै भीरकोट नगरपालिका

स्थानीय पाठ्यक्रम बनाउँदै भीरकोट नगरपालिका

स्थानीय पाठ्यक्रम बनाउँदै भीरकोट नगरपालिका

चुत्र महत, स्याङ्जा, १८ असोज । गण्डकी प्रदेशमै स्याङ्जाको भीरकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्न थालेको छ । यही असोज १५,१६ र १७ गते ३ तिन दिन सम्म स्थानीय पाठ्यक्रम निर्माणको विषयमा भीरकोटले कार्यशाला सम्पन्न गरिसकेको छ ।

पाठ्यक्रम विज्ञ पुरुषोत्तम घिमिरे र प्रल्लाद अर्यालले स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने विषयहरुमा सहजिकरण गर्नुभएको थियो । सरोकारवाला र विज्ञहरको सुझाव, प्रतिवेदनका आधारमा भीरकोट नगरपालिका,स्थानीय सम्पदा,परम्परागत अभ्यास र स्वरोजगार, कृषि,स्वास्थ्य,अनुसन्धान, पर्यटन र स्थानीय सिकाई पाठ्यक्रममा समावेश गरीने भएको छ ।

तिन दिने समापन कार्याशाला कार्यक्रममा वोल्दै पूर्व संसाद खगेन्द्रराज रेग्मीले नगरपालिकाले भीरकोटको पहिचान झल्काउने गरी नयाँ देखी वर्तमान र भावी पुस्तापुस्ता सम्म भीरकोटलाई जिवन्त राख्नको लागी स्थानीय पाठ्यक्रम निर्माण गरी अध्ययापन गराउन लागेकोमा खुसी भएको भन्दै यस अवसरको सवैले सदुपयोग गर्नुपर्ने भन्दै रेग्मीले परिवर्तनको जग वसाल्ने प्रयास गरेकोमा नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो ।

स्याङ्जा जिल्लामा स्थानीय तहमा आफैले पहिलो पटक तयार गर्न लागेका स्थानीय पाठ्यक्रमले प्राज्ञिक व्यक्तित्व निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको नगर प्रमुख छायाराम खनालले वताए । परिवर्तित सन्र्दभमा परिर्विर्तत पाठ्यक्रम तयार पार्न लागेको हुँदा नगरप्रमुख खनालले पाठ्यक्रम निर्माणमा सवैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

तिन दिन सम्म चलेको कार्याशालामा वोल्दै नगर उप प्रमुख सिमा केसी कर्मार्चायले स्थानीय पाठ्यक्रम निर्माण आफैमा चुनौतीपूर्ण रहेपनी यसलाई अवसरको रुपमा लिएर काम गर्न सबैलाई सुझाउनु भयो । प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेलले शिक्षा क्षेत्रमा भीरकोटले आफ्नै पाठ्यक्रम निर्माण गर्नाले स्थानीय स्तरमा लुकेको र ओझेलमा परेको सम्पदाहरुको पहिचानमा टेवा पुग्ने विश्वाश व्यक्त गर्नुभयो ।

४५ वटा विद्यालयहरु संचालनमा रहेको तथा कक्षा १ देखी ८ सम्मको लागी एक विषयको लागी स्थानीय पाठ्यक्रम निर्माण गर्न लागेको शिक्षा शाखा प्रमुख नविन थापाले वताउनु भयो । साभ नेपालका अध्यक्ष तुल्सी प्रभास खनाल, प्यावसन केन्द्रीय सदस्य अमृत अर्याल, वडा अध्यक्ष चन्द्र व वस्नेत, शिक्षक कृष्ण पौडेल , सहभागीको तर्फवाट नसिवदिन मिँया र विद्यार्थी सुदिप पौडेलले स्थानीय पाठ्यक्रम निर्माणमा स्थानीय विविधता र स्थानीय सम्पदा लाई अनिर्वाय समेट्न्पर्ने सुझाव दिनुभयो ।

३ दिन सम्म चलेको कार्याशालामा भीरकोट नगरपालिकाका विभिन्न विषयका ५५ जना भन्दा वढी विज्ञहरुको सहभागिता रहेको थियो । भीरकोट नगरपालिकाले आगामी शैक्षिक सत्र २०७८ देखी प्रयोगमा ल्याउने गरी स्थानीय पाठ्यक्रम निर्माण संगै पाठ्यपुस्तक लेखनको तयारी समेत शुरु गरेको सहजीकरण सस्था साभ नेपालका अध्यक्ष तुल्सी प्रभास खनालले बताउनु भयो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका