पाेखरा, १७ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४००३ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।
गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित कास्की जिल्ला पाेखरा महानगरपालिकाका १० जना, गाेर्खा बरपाक सुलिकाेट आरुघाटका ५ जना तनहुँ भिमादका ३ जना गरी १७ जना रहेका छन् ।
कास्की जिल्ला, पोखरा महानगरपालिका-१७ का २४ र २३ बर्षका २ जना पुरुष स.प्र.मु.का. (गण), पोखरामा कार्यरत नेपाल प्रहरी हुन । कास्की जिल्ला, पोखरा महानगरपालिका-२४ र १३ का २ जना पुरुषहरु, गोरखा जिल्ला, बारपाक सुलिकोटका दुबैजना र तनहुँ जिल्ला, भिमाद-२ का १ जना गरि ५ जना भारतबाट आएका हुन ।
गोरखा जिल्ला, आरुघाटका १ जना काठमाडौँबाट आएका हुन । अन्य सबैजना contact tracing बाट पहिचान भएका हुन । संक्रमित सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।