पोखराका १० जना सहित गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिए – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • पोखराका १० जना सहित गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिए

पोखराका १० जना सहित गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिए

पोखराका १० जना सहित गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिए

पोखरा, १७ असोज । पोखराका १० जना सहित गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै गोरखामा ५ जना र तनहुँमा २ जना संक्रमित थपिएका छन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ३ पुगेको स्वास्थ्य निर्देशनालयले बताएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १७ जना संक्रमितहरुको थपिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको हो । उनिहरु मध्ये पोखरा महानगरपालिका–१७ का २४ र २३ बर्षका २ जना पुरुष स.प्र.मु.का. (गण), पोखरामा कार्यरत नेपाल प्रहरी रहेको जनाइएको छ ।

त्यस्तै पोखरा २४ र १३ का २ जना पुरुषहरु, गोरखा जिल्ला, बारपाक सुलिकोटका दुबैजना र तनहुँ जिल्ला, भिमाद–२ का १ जना गरि ५ जना भारतबाट आएका र गोरखा जिल्ला, आरुघाटका १ जना काठमाडौँबाट आएका व्यक्ति रहेको जनाइएको छ । अन्य सबैजना कन्ट्याक ट्रेसिङबाट पहिचान भएको निर्देशनालयले जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका