शैक्षिक केन्द्रको राजधानी पोखरालाई मर्यादितहुनबाट धमिलाउनेहरू होशियार ! – Samacharpati
Samacharpati
शनिबार, कार्तिक १५, २०७७
  • होमपेज
  • शैक्षिक केन्द्रको राजधानी पोखरालाई मर्यादितहुनबाट धमिलाउनेहरू होशियार !

शैक्षिक केन्द्रको राजधानी पोखरालाई मर्यादितहुनबाट धमिलाउनेहरू होशियार !

सामुदायिक बिधालय अहिले मर्ज सहित लाईट बालेर खोज्ने स्थिती कसरी सृजना भयो गम्भीर बिषय यही हो

शैक्षिक केन्द्रको राजधानी पोखरालाई मर्यादितहुनबाट धमिलाउनेहरू होशियार !

कास्कीमा स्थानीय तह सहित नेकपाको प्रचण्ड बहुमत भएको बिदितै छ। तसर्थ यसको पहिलो जिम्मबारी नेकपाको रहने कुरामा हामी क्लियर छौ,संग-संगै प्रतिपक्षले गुण दोषका आधारमा यसको प्रतिक्रिया दिने छ, दिदै आएको पनी छ ।

तर बर्तमान पहिलो दल यी सबै कुरामा बेखबर छ । पर्यटन र शिक्षाको तिब्र बिकासले शैक्षिक केन्द्र पोखरा भएको यस ले छनक दिएको छ । सामुदायिक विद्यालय संचालनको बिधीले कास्की र पोखरामा यो कुनै पार्टीको भगेनी संस्था संचालन गरे जस्तै आफ्नो अनुकुल व्याख्या र कार्यकर्ता भर्ती केन्द्र बन्द नभए सम्म यो निरन्तर चली रहने कुरा मा दुई मत छैन । सरकारी बजेट तलब,भत्ता आकर्षक तर बिद्यार्थी संख्या भन्दा शिक्षक कर्मचारी को संख्या धेरै भएको र बजेट को करोडौ रकम खर्च हुने चरण मा शिक्षा छेत्र पुगेको छ।तथापी यस ले बिगत मा गर्बिलो ईतिहास कायम गरेको मा अहिले विस्थापित को चरणमा छ ।
स्थानीय जनता को त्याग,बलिदानी र रगत को मुल्य को कुनै अर्थ छैन।मात्रै वर्तमान सरकार कैले क्वारेनटाईन को नाम मा कैले बिभिन्न बहाना मा पबित्र मन्दिर लाई यसरी गरिएको प्रहार र आक्रमण कैले सम्म सहने होला जनता जागे पछी शासक र शोषक हरू कुलेलाम ठोकेको बिश्व ईतिहास कायम छ।कस्केली बुद्धिजिवी ,शिक्षासेवी,अग्रज र यस लाई माया गर्ने सम्पूर्ण मा हार्दिक अपिल आऊँनुहोस राजनीतिक आस्था ब्यक्तिगत स्वार्थ त्यागेर यस को सामुहिक वृद्धि र बिकास मा केन्द्रित हौ ।

शिक्षा छेत्र शान्ति,पबित्र र भबिश्य को ऊर्जावान स्थान हो।बिगत लामो ईतिहास त्याग र बलिदानी मार्फत निर्माण भएको अमरसिंह ले धेरै कालखंड र उत्तरचडाब हरू सहेको छ।कांग्रेस,नेबिसंघ मर्यादित रूप मा आन्दोलन को बिगुल फुक्दै ब्यस्था परिबर्तन को अग्रणी संस्था हो अमरसिंह स्कुलका पदिय जिम्मेबारीमा रहेका लाई कती माया छ था छैन त्यो भन्दा कैयन गुणा माया यो कांग्रेसी र नेबिसंघ लाई छ ्रपछील्लो घटना मा नेबिसंघ अमरसिंह ईकाई समिती ले ३ दिने अल्टीमेटम सहित कडा आन्दोलन को तयारी मा रहेको छ ।

१ नेबिसंघ ले बुजाएको ५ बुदे ज्ञापन पत्र को बिद्यालय प्रशासन र वडा समितीले एक अधिकारसम्पन्न वार्ता समिती मार्फत थप सहमती,सहकार्य र एकताको वातवरण सृजना होस दोषी माथी कार्बाही हुने परम्पराको बिकास होस ।

२ एक जिल्ला या उच्च स्तरीय सर्वदलीय,सर्बपक्षिय समिती मार्फत कास्की का सम्पूर्ण शैक्षिक संस्था को संचालन बिधीःबिधीसंगत होस हामी सबै जिम्मेबार नभए यी सबै हाम्रा सम्पति अरु ले लिलाम गर्ने छन ।

३ अमरसिंह आफै मा एक गर्बिलो ईतिहास बोकेको नाम जस्तै अटल र पबित्र बनाऊँन सबै लागौ ।

यी सबै नभए के हुन्छ ?

१,कांग्रेस नेबिसंघ सरकारमा होला या नहोला तर एक जिम्मेबार, शशक्त, मर्यादित, विकृति, विसंगति बिरुद्द बिगुल फुक्ने संस्था हो । संयमित रूपमा माथी बुजाएका यी जायज माग हरू पुरा नभए थप आन्दोलनको सृजना हुनेछ र यसको जिम्मेबारी सम्बंधित निकाय कै हुने छ । बेलैमा शान्तिपुर्ण आन्दोलनको सबै पक्ष मिलेर विसर्जन गरौ सबै खराब तत्व को अन्त्य गर्दै समता मुलक समाज निर्माणमा क्रियाशिल हौ, सबैमा हाम्रो प्रिय जय नेपाल ।

(के.सी नेपाल बिद्यार्थी संघ पुर्व केन्द्रिय सदस्य हुनुहुन्छ ।)

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका