मोरङमा कोरोनाबाट ६ वर्षीय नाबालकको मृत्यु – Samacharpati
Samacharpati
शनिबार, मंसिर १३, २०७७
  • होमपेज
  • मोरङमा कोरोनाबाट ६ वर्षीय नाबालकको मृत्यु

मोरङमा कोरोनाबाट ६ वर्षीय नाबालकको मृत्यु

मोरङमा कोरोनाबाट ६ वर्षीय नाबालकको मृत्यु

काठमाडौँ, १ असाेज। कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या दिनानुदिन बढीरहेको छ । नेपालमा बिहिबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय नाघेसँगै डर बढेको भएता पनि शर्तकता भने अपनाइएको छैन ।

यसअघि कोरोना संक्रमण नै समुदायस्तरमा नफैलिएका बेला लकडाउन गरेर सबै सिल गर्दै आएको सरकारले अहिले महामारी तिब्र गतिमा फैलिइरहँदा भने नियन्त्रणमा कुनै प्रभावकारी काम गरेको छैन ।

जसका कारण मृत्युदर दिनानुदिन बढीरहेको छ । यसैबिच मोरङको बूढीगंगा गाउँपालिका-२ टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालको आइसोलेशनमा उपचाररत कोरोना भाइरस संक्रमित ६ वर्षीय नाबालकको ज्यान गएको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका-२ घर भएका पासवान थरका नाबालकको उपचारका क्रममा बिहिबार अपराह्न्न मृत्यु भएको हो । मेनेन्जाइटिसको समस्या भएका ति नाबालकको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा ८ गते रिपोर्ट पोजेटिभ आएको र उनलाई ज्वरो आउने, बेहोस हुने र शरीर काप्ने समस्या पनि रहेको अस्पतालका आइसोलेशन इन्चार्ज सुनिल देवले जानकारी दिए।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका