जलविद्युत् आयोजनाका दुई कर्मचारीमा कोरोना पुष्टि भएपछि हुम्लाका बजार क्षेत्र बन्द–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • जलविद्युत् आयोजनाका दुई कर्मचारीमा कोरोना पुष्टि भएपछि हुम्लाका बजार क्षेत्र बन्द

जलविद्युत् आयोजनाका दुई कर्मचारीमा कोरोना पुष्टि भएपछि हुम्लाका बजार क्षेत्र बन्द

जलविद्युत् आयोजनाका दुई कर्मचारीमा कोरोना पुष्टि भएपछि हुम्लाका बजार क्षेत्र बन्द

हुम्ला, १५ असाेज । हिल्दुम साना जलविद्युत् आयोजनाका दुई कर्मचारी र सर्केगाड गाउँपालिका–५ की २१ वर्षीयालाई कोरोना संक्रमण पुष्टि भएपछि बजार क्षेत्र बन्द गरिएको हो । असोज ३ मा नेपालगन्जबाट आएका ३५ र ३९ वर्षका दुई पुरुषमा कोराना संक्रमण देखिएपछि हुम्लामा

कोरोना संक्रमण नियन्त्रण गर्न हुम्लाका व्यवसायीले सिमकोट बजार क्षेत्र बन्द गरेका छन् । हिल्दुम साना जलविद्युत् आयोजनाका दुई कर्मचारी र सर्केगाड गाउँपालिका–५ की २१ वर्षीयालाई कोरोना संक्रमण पुष्टि भएपछि बजार क्षेत्र बन्द गरिएको हो ।

असोज ३ मा नेपालगन्जबाट आएका ३५ र ३९ वर्षका दुई पुरुषमा कोराना संक्रमण देखिएपछि हुम्ला उद्योग वाणिज्य संघको अगुवाइमा सिमकोट बजार तथा व्यवसाय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

बुधबार बसेको सर्वपक्षीय बैठकले होटेल, पसल र अन्य व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण फैलिए नियन्त्रण गर्ने गाह्रो हुने निष्कर्षसहित जोखिम नघट्दासम्मका लागि बजार बन्द गर्ने निर्णय भएको हुम्ला उद्योग वाणिज्य संघले जनाएको छ । बिहीबार बिहानदेखि सदरमुकाम सिमकोटका सम्पूर्ण होटेल, पसल र अन्य व्यवसाय बन्द छन्।

नेपालगन्जबाट हुम्ला आएकी संक्रमित किशोरीसँग एकैजहाजमा सिमकोट आएका हिल्दुम तथा साना जलविद्युतका दुईजना कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएपछि सिमकोट बजार आवतजावतमा कडाइ गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले स्थानीयवासीलाई सजग र सुरक्षित तरिकाले घरमै बस्न आग्रह गरेका छन् ।कोरोना संक्रमण नियन्त्रण गर्न हुम्लाका व्यवसायीले सिमकोट बजार क्षेत्र बन्द गरेका छन् । हिल्दुम साना जलविद्युत् आयोजनाका दुई कर्मचारी र सर्केगाड गाउँपालिका–५ की २१ वर्षीयालाई कोरोना संक्रमण पुष्टि भएपछि बजार क्षेत्र बन्द गरिएको हो ।

असोज ३ मा नेपालगन्जबाट आएका ३५ र ३९ वर्षका दुई पुरुषमा कोराना संक्रमण देखिएपछि हुम्ला उद्योग वाणिज्य संघको अगुवाइमा सिमकोट बजार तथा व्यवसाय अनिश्चितकालका लागि बन्द गरिएको छ । बुधबार बसेको सर्वपक्षीय बैठकले होटेल, पसल र अन्य व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण फैलिए नियन्त्रण गर्ने गाह्रो हुने निष्कर्षसहित जोखिम नघट्दासम्मका लागि बजार बन्द गर्ने निर्णय भएको हुम्ला उद्योग वाणिज्य संघले जनाएको छ । बिहीबार बिहानदेखि सदरमुकाम सिमकोटका सम्पूर्ण होटेल, पसल र अन्य व्यवसाय बन्द छन्।

नेपालगन्जबाट हुम्ला आएकी संक्रमित किशोरीसँग एकैजहाजमा सिमकोट आएका हिल्दुम तथा साना जलविद्युतका दुईजना कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएपछि सिमकोट बजार आवतजावतमा कडाइ गरेको थियो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले स्थानीयवासीलाई सजग र सुरक्षित तरिकाले घरमै बस्न आग्रह गरेका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका