नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५०० नाघ्याे–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५०० नाघ्याे

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५०० नाघ्याे

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५०० नाघ्याे

काठमाडौँ, १५ असाेज । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५०० नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकैदिन ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५०९ पुगेको छ ।

आज देशभर थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज २१८३० सक्रिय संक्रमित रहेका छन् । त्यस्तै आजसम्म संस्थागत आइसोलेसनमा १०७६१ जना रहेका छन् भने होम ११०६९ जना रहेका छन् ।

त्यस्तै आज थप ९ सय ६१ जना संक्रमण मुक्त भएका छन् । यो सहित देशभर ५७३८९ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना निको हुने दर ७१ दशमलव ९ रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ९४३ कोरोना संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै उच्च हो । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ९४३ जनामा कोरोना संक्रमण पुष्टि भएकामध्ये उपत्यकाका काठमाडौँमा ८१७ भक्तपुरमा ५८ र ललितपुरमा ६८ कोरोना पुष्टि भएको हो।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका