देवीलाल सापकोटा स्मृति समाजसेवा सम्मान तिमिल्सिनालाई–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • देवीलाल सापकोटा स्मृति समाजसेवा सम्मान तिमिल्सिनालाई

देवीलाल सापकोटा स्मृति समाजसेवा सम्मान तिमिल्सिनालाई

देवीलाल सापकोटा स्मृति समाजसेवा सम्मान तिमिल्सिनालाई

पोखरा, १५ असोज । देवीलाल सापकोटा स्मृति समाजसेवा सम्मानबाट पोखरा २५ का शिक्षासेवी तथा समाजसेवी चुडामणि तिमिल्सिनालाई सम्मान गरिएको छ ।

लायन्स क्लब अफ पोखरा लालीगुँरासले प्रदान गर्ने सो सम्मान देवीलाल सापकोटाका परिवारले स्थापना गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ ३२५ बी वानका डिष्टिक गर्भनर मनबहादुर रोकाहा, संस्थापक परिवारका सदस्य हरिकला सापकोटा, केशवराज सापकोटा, प्रकाशचन्द्र सापकोटाले तिमिल्सिनालाई सम्मानपत्र र दोसल्लाले सम्मान गरेका थिए ।

यसअघि सो सम्मान गङ्गबहादुर कुँवरलाई प्रदान गरिएको थियो । समाजसेवामा लामो समय योगदान गरेका स्व. देवीलालको सम्झनाका लागि श्रीमती हरिकला सापकोटा र छोरा प्रकाशचन्द्र सापकोटाले क्लबमा एक लाख ११ हजार एक सय ११ रुपैयाको अक्षयकोष स्थापना गरेका थिए।

कार्यक्रम बोल्दै प्रमुख अतिथि गर्भनर रोकाहाले लायन्सले समाजसेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे ।
सम्मानित व्यत्तित्व चुडामणि तिमिल्सिनाले असल व्यत्तित्व देवीलालको स्मृतिमा संचालन गरिएको सम्मान ग्रहण गर्न पाउँदा खुशी लागेको बताए ।

त्यसअवसरमा देवीलालको स्मृतिमा पोखरा २५ हेमजास्थित दिव्यज्योती आधारभूत विद्यालयका ९९ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको थियो ।

लायन्स क्लब अफ पोखरा लालीगुँरासका अध्यक्ष भरतराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष केशवशरण पौडेल, प्रथम उपाध्यक्ष कपिलदेव शर्मा र सचिव बसन्त बास्तोलाले बोलेका थिए ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका