नेपाल टेलिकमले गर्यो देउपुर डाँडामा रहेको मोवाइल टावरको स्तरोन्नति–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • नेपाल टेलिकमले गर्यो देउपुर डाँडामा रहेको मोवाइल टावरको स्तरोन्नति

नेपाल टेलिकमले गर्यो देउपुर डाँडामा रहेको मोवाइल टावरको स्तरोन्नति

नेपाल टेलिकमले गर्यो देउपुर डाँडामा रहेको मोवाइल टावरको स्तरोन्नति

थम्मन थापा, बागलुङ,  १५ असोज । नेपाल टेलिकमले गलकोट नगरपालिका वडा नं ९ देउपुर डाँडामा रहेको मोवाइल टावरको स्तरोन्नति गरेको छ ।

टेलिकमले ग्रामीण क्षेत्रमा मोवाइल डाटा सहजै उपलब्ध गराउने उद्देश्यले आज देखि तेस्रो पुस्ताको थ्रीजी सेवा विस्तार गरेको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिनुभयो ।

टेलिकमले भ्वाइस र डाटालाई थप प्रभावकारी बनाउन पहिले सञ्चालनमा रहेको उक्त टावरमा थप सेवा विस्तार गरिएको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

गलकोट नगरपालिका वडा नं ८ काँडेबास बजार, बिरकोट, राजबगर, पचुवा, झारमौर, वडा नं ९ छिस, रिश्मी, बडागाउँ र मध्यपहाडी लोकमार्ग लाई लक्षित गरी सेवा विस्तार गरिएको उहाँको भनाइ छ । टेलिकमले उक्त क्षेत्रमा केही समय पहिले सेवा विस्तार गरेको थियो ।

पहिले कुराकानी गर्न समस्या थियो अहिले उक्त समस्याको समाधान गरी मोवाइल डाटा लाई समेत थप गरी इन्टरनेट प्रयोगकर्तालाई सेवा उपलब्ध गराइएको नेपाल टेलिकम बागलुङले जनाएको छ ।

निकट भविष्यमा टेलिकमले उक्त स्थानमा २० मीटर अग्लो टावर निर्माण गर्ने भएको छ । अग्लो टावर निर्माण भएपछि चौथो पुस्ताको फोर जी सेवा समेत थप गर्ने टेलिकमले बताएको छ । फोर जी सेवा सञ्चालनमा आएपछि मोवाइल डाटा मार्फत इन्टरनेट चलाउने प्रयोगकर्ताले उच्च गतिको इन्टरनेट सेवा प्राप्त गर्ने छन् ।

टेलिकमले छिट्टै काँडेबासको उचाका, ताराखोलाको अर्गल र नरेठाँटीको थाना डाँडामा रहेको नमस्ते मोवाइलको टावर स्तरोन्नती गरी आफ्नो सेवालाई थप प्रभावकारी बनाउन योजना निर्माण गरी गृह कार्य गरिरहेको छ ।

अहिले देशभर टेलिकमले फोर जी सेवालाई तीव्र रुपमा विस्तार गरिरहेको छ । जिल्लाका अधिकांश स्थानमा नेपाल टेलिकमले तीव्र गतिको इन्टरनेट सेवा थ्री जी र फोर जी सेवा विस्तार गरी सञ्चालनमा ल्याइसकेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका