गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नवराज देवकोटा नियुक्त–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नवराज देवकोटा नियुक्त

गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नवराज देवकोटा नियुक्त

गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नवराज देवकोटा नियुक्त

गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नवराज देवकोटा नियुक्त भएका छन् । सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा गठित सर्च कमिटीले २ जनाको नाम सिफारिस गरेकोमा प्राडा देवकोटाले नियुक्ति पाएको कुलपति प्राडा गणेशमान गुरुङले जानकारी दिए ।

देवकोटा कृषि तथा वन विश्वविद्यालय रामपुरमा कार्यरत छन् । उपकुलपतिको पदावधि ५ वर्ष हुनेछ । उपकुलपति प्राडा देवकोटालाई आजै विश्वविद्यालयका संरक्षक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबहाली गराउने कार्यक्रम तय भएको छ ।गण्डकी प्रदेशका लागि चाहिने हरेक खालका प्राविधिक र दक्ष जनशक्ति उत्पादनका लागि सरकारले यो विश्वविद्यालय स्थापना गरेको हो विश्वविद्यालयले मेडिकल शिक्षाका साथै शिक्षण अस्पतालसमेत सञ्चालन तयारी थालेको छ ।

गण्डकी प्रदेश पर्यटनको उत्कृष्ट गन्तव्य भएकाले विश्वविद्यालयले विज्ञान प्रविधिका साथसाथै पर्यटन समाजशास्त्र, अतिथि सत्कार, हाइड्रोपावर जस्ता विषयलाई प्राथमिकतामा राखेको कुलपति गुरुङले बताए । विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त राख्नकै निम्ति बोर्ड अफ ट्रस्टिजको व्यवस्था भएको उनको दाबी छ । विश्वविद्यालयमा शिक्षक, कर्मचारी, विद्यार्थी युनियन केही नहुँने उनले बताए ।

गण्डकी विश्वविद्यालय ऐन, २०७६ अनुसार विश्वविद्यालयको सर्वोच्च निकायका रूपमा २३ सदस्यीय न्यासिक परिषद् रहन्छ ।कुलपतिले अध्यक्षता गर्ने परिषद्को बैठकले सदस्यमध्येबाट अध्यक्ष चयन गर्नेछ । पदाधिकारीमा अध्यक्ष, कुलपति, उपकुलपति, रजिस्ट्रार र डिन रहने व्यवस्था छ । विश्वविद्यालयको कार्यकारी परिषद्को संयोजकमा कुलपति रहने ऐनमा छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका