दुर्घटनामा परेका सदस्यलाई युथ कम्युनिटी क्लव (Ycc Nepal) को सहयोग–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • दुर्घटनामा परेका सदस्यलाई युथ कम्युनिटी क्लव (Ycc Nepal) को सहयोग

दुर्घटनामा परेका सदस्यलाई युथ कम्युनिटी क्लव (Ycc Nepal) को सहयोग

दुर्घटनामा परेका सदस्यलाई युथ कम्युनिटी क्लव (Ycc Nepal) को सहयोग

पोखरा १५ असोज । केमिकल दुर्घटनामा परि अस्पतालमा उपचारत रोशन अधिकारीलाई युथ कम्युनिटी क्लव (Ycc Nepal) पोखराले आर्थिक सहयोग गरेको छ ।

क्लवका कार्यसमिति सदस्य समेत रहेका अधिकारी केही दिन अगाडि केमिकल दुर्घटनामा परि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको सघन कक्षमा उपचाररत रहेको र उनलाई क्लवले १६ हजार आर्थिक सहयोग गरेको क्लवका विपद ब्यवस्थापन उपसमिति संयोजक शर्मिला लामाले जानकारी दिइन ।

युवा ब्यवसायीहरु बीच साथ, सहयोग र सहकार्यका लागी भन्ने उद्देश्यका साथ स्थापित युथ कम्युनिटी क्लवको विपद ब्यवस्थापन कोषबाट ८ हजार र क्लवका आवद्ध सदस्यहरुबाट संकलित ८ हजार गरी १६ हजार आर्थिक सहयोग गरिएको र थप सहयोगका लागी ग्रीन डेभलपमेन्ट बैंकको खाता नम्बर ००६२१५०००१११३९०००००१ मा रकम संकलन गर्न सकिने समितिका सह संयोजक संजय शर्माले जानकारी दिए ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका