गण्डकी प्रदेशमा १९ जना कोरोना संक्रमित थपिए सँगै संक्रमित संख्या ३९४० पुग्याे–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा १९ जना कोरोना संक्रमित थपिए सँगै संक्रमित संख्या ३९४० पुग्याे

गण्डकी प्रदेशमा १९ जना कोरोना संक्रमित थपिए सँगै संक्रमित संख्या ३९४० पुग्याे

गण्डकी प्रदेशमा १९ जना कोरोना संक्रमित थपिए सँगै संक्रमित संख्या ३९४० पुग्याे

पाेखरा, १५ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३९४० पुगेको छ ।  क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा १९ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमितहरू कास्की जिल्ला पाेखरा महानगरपालिकाका १६ जना, स्याङजा भिरकाेटका तिन जना गरी १९ जना रहेका छन् ।

कास्की जिल्ला, पोखरा महानगरपालिका २९ का ४१ बर्षीय पुरुष, वार्ड नं ३० का २२ बर्षीय पुरुष, वार्ड नं. ३ का ४८ बर्षीय पुरुष, वार्ड नं. १७ का ४५ बर्षीय पुरुष गरि ४ जना भारतबाट आएका हुन भने पोखरा महानगरपालिका ३० का ४१ बर्षीय पुरुष आयल निगममा कार्यरत व्यक्ति हुन ।

अन्य सबैजना contact tracing बाट पहिचान भएका हुन ।  थपिएका संक्रमितहरु सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको  छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका