"बलात्कारीलाई मृत्युदण्ड र लिङ्गछेदन होइन, छाला तरेर नुनचुक लगाउन पर्छ"–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • “बलात्कारीलाई मृत्युदण्ड र लिङ्गछेदन होइन, छाला तरेर नुनचुक लगाउन पर्छ”

“बलात्कारीलाई मृत्युदण्ड र लिङ्गछेदन होइन, छाला तरेर नुनचुक लगाउन पर्छ”

मृत्युदण्डबारे अध्ययन गर्न संसदीय समितिको निर्देशन

“बलात्कारीलाई मृत्युदण्ड र लिङ्गछेदन होइन, छाला तरेर नुनचुक लगाउन पर्छ”

पोखरा, १५ असोज । प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले बालिका बलात्कार गर्नेलाई कडा कारबाही गर्नुपर्ने मुद्धा बोकेर काठ्माण्डौमा केहि दिन अघि एउटा टास्क फोर्स गठन गरे । नेकपाका सांसद वृन्दा पाण्डेको संयोजकत्वमा बनेको उक्त टास्कफोर्समा संसदमा प्रतिनिधित्व गर्ने दलका महिला सांसदहरु छन् । उनिहरुले बलात्कारीलाई फासी दिनुपर्ने वा लिङ्गछेदन सम्बन्धी कानुन बनाउनुपर्ने र त्यसको लागि अध्ययन गर्न समिति बनाउने बताएकाछन् । यो कुराले यतिबेला देशमा नयाँ बहस सृजना भएको छ ।

कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गर्नेलाई सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन भने यस्ता अन्य घटनामा अपराधिलाई संरक्षण गर्ने वा छुटाउने काम भएको भन्दै नागरिकस्तरबाट पनि बलात्कारीलाई फाँसी दे भन्ने नाराहरु सडकमा सुनिदै आएको छ । अब यो आवाज नागरिक स्तरबाटमात्रै होइन महिला सांसदहरुले पनि उठाउन थालेका छन् । यसै बिषयमा मंगलबार संसदको महिला तथा सामाजिक समितिले बलात्कारीलाई मृत्युदण्ड दिने कानुबारे अध्ययन गर्न निर्देशन दिएको छ ।

बलात्कारीलाई मृत्युदण्ड दिने, नपुंशक बनाउनुपर्ने आवाज उठेको भन्दै समितिले नेपालको अन्तर्राष्ट्रिय प्रतिवद्धता, संवैधानिक व्यवस्था, पीडक र पीडितको मानव अधिकारका दृष्टिले कति सम्भव छ भन्ने विषयमा अध्ययन गर्न सरकारलाई निर्देशन दिएको हो ।

मृत्युदण्ड सम्भव भए कसरी सम्भव छ र असम्भव भए कसरी असम्भव छ, मृत्युदण्ड वा नपुंशक बनाउने कानुनी व्यवस्था गर्दा त्यस्ता अपराध घट्ने सम्भावना कस्तो हुन्छ यसको विकल्प के हुन सक्छ जस्ता विषयमा सकारात्मक तथा नकारात्मक पक्षबाट बहस चलाउन आवश्यक देखिएको समितिको भनाइ छ ।

केन्द्रमा बलात्कारीलाई मृत्युदण्ड र लिङ्गछेदनको कुरा उठिरहँदा गण्डकी प्रदेशका महिला प्रदेशसभा सदस्यहरुलाई हामीले यहि प्रश्न राखेका छौँ । यस विषयमा नेकपाकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले केन्द्रमा महिला सांसदहरुले यो विषय उठाइरहँदा प्रदेशसभामा रहेका महिला सांसदहरुसंग सर्कुलर गरेर गएको भए राम्रो हुन्थ्यो भन्नुभयो ।

उहाँले संविधानलाई नाघेर कानुन बनाउनुभन्दा हदैसम्मको कानुन बनाउन तर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “मारिहालेपछि र लिङ्ग छेदनै गर्दिसकेपछि उसको अस्तित्व नै छैन, उसले अनुभुति गर्न पाउदैन के, मैले त्यो अपराध गरेँ, त्यो अपराध गरेवापत मैले सजाय भोगेको छु भनेर उसलाई अनुभुति गराउन पर्छ के, मारेपछि त सिद्धि गो नी उसले त्यो अनुभुति गर्नै पाउदैन के, त्यसकारण भलाई के लाग्छ भने अलिकती छाला तर्नि नुनचुक लगाउने अनि एउटा बिरुवामा अलिकति बाँधेर राख्दीने, सारा मानिसहरुले यो अपराधी होस भनेर हेर्न पाओस ।”

यस्तै नेपाली काँग्रेसकी प्रदेशसभा सदस्य सरिता गुङले संघमा महिला सदस्यहरुले उठाएको मुद्धा जायज भएको उल्लेख गर्नुभयो । उहाँले हामीले हाम्रो लागि बनाएको संविधान आवश्यकताको आधारमा संसोधन गरेर भएपनि बलात्कारीलाई मृत्युदण्ड वा लिङ्गछेदन सम्बन्धी कानुन राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “बालिका बलात्कार जस्तो जघन्य अपराध गर्दा पनि लुकाएको कारणले गर्दा यो घटनाहरु दोहोरीएको छ, बढीरहेको छ । त्यसकारण यसलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ । त्यसको लिङ्ग छेदन गर्नुपर्छ फासी दिनुपर्छ भन्ने कुरा संघको माननियज्यूहरुले उठाउनुभएको छ त्यो सहि कुरा हो । १६ वर्ष मुनीका बालबालीकालाई बलात्कार भईसकेपछि त यो त आवश्यकता भएपछि त संविधान भनेको हामीले लेखेको हाम्रै लागि हो, हामीले हाम्रा आवश्यकतालाई महशुस गरेर परिमार्जन गर्न सकिदैन भने के अर्थ रह्यो त ?”

महिला सांसदहरुले बलात्कारीलाई मृत्युदण्डकी सजाय हुनुपर्ने माग गरेपनि नेपालको संविधानले मृत्युदण्ड दिने गरि कानुन बनाइने छैन भनेर लेखिएको छ । २०७२ सालमा जारी पछिल्लो संविधानको भाग ३ को मौलिक हक र कर्तव्य धाराअन्तर्गत ‘सम्मानपूर्वक बाँच्न पाउने हक’ को दोस्रो बुँदामा ‘कसैलाई पनि मृत्युदण्डको सजायँ दिने गरी कानुन बनाइने छैन’ भनेर लेखिएको छ ।

मृत्युदण्ड सभ्य समाजका लागि सुहाउने विषय नै होइन । आज संसारमा मृत्युदण्डको व्यवस्था खारेज गर्ने राष्ट्रहरु एकपछि अर्को गर्दै थपिँदै गएका छन् । एउटा रीस, आवेग र उत्तेजनाको परिणाम कसैगरी यो व्यवस्थातर्फ राज्यको मन गयो भने यही प्रावधानलाई टेकेर निरापराध मानिसहरु मारिने कतरा कतिसम्म हुन्छ भन्ने मुलुकले बिगतमा अनेकन पटक देखिसकेको छ ।

त्यसैले पनि सडकमा घन्किरहेका यस्ता आवाजहरुको पछाडीको कारणलाई सम्बोधन गर्न सरकार र सरोकारवाला निकायहरुको तत्काल ध्यान जान जरुरी रहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका