सात मिनेटको दुरीमा प्रति बिजुलीको पोलको ढुवानी १० हजार–Samacharpati
Samacharpati
शनिबार, कार्तिक ८, २०७७
  • होमपेज
  • सात मिनेटको दुरीमा प्रति बिजुलीको पोलको ढुवानी १० हजार

सात मिनेटको दुरीमा प्रति बिजुलीको पोलको ढुवानी १० हजार

सात मिनेटको दुरीमा प्रति बिजुलीको पोलको ढुवानी १० हजार

कर्णबहादुर रोकाया, हुम्ला, १५ असाेज । कोरोना महामारीले स्थानीय जनशक्ति गाउँघरमा प्रशस्त मात्रामा उपलब्ध हुँदा पनि हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं २ राया गाउँको बिजुली निर्माण उपभोक्ता समितिले हेलीकप्टरबाट १०० थान बिजुलीको पोल सार्नका लागि प्रति पोल १० हजार ढुवानी भाडा खर्च गरेको छ ।

यसबाट स्थानीय युवाहरू आक्रोसित बनेका छन् । नेपालंगजबाट सिमकोटसम्म हवाईसेवाबाट र सिमकोटबाट खार्पुनाथसम्म गाडीबाट ढुवानी गरिएका राया गाउँमा निर्माणधीन अवस्था रहेको लघुजलविद्युतका पोलहरू ढुवानी गर्न स्थानीय जनशक्ति उपलब्ध नभएको बाहना बनाएर हेलीकप्टरबाट सात मिनेट लाग्ने बाटोका लागि प्रति पोल १० हजारका दरले ढुवानी गर्दा १०० पोलको १० लाख रुपैँया खर्च भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बुढाले बताए ।

उनले भने यसबाट हामीले १० लाख खर्च गरेको भए पनि काम अब छिटो छरितो रुपमा सञ्चालन गर्न सजीलो हुने भएको छ । तर पनि हामीलाई केही महंगो भने भएको छ । गाउँघरमा जनशक्ति धेरै थपिंदा विभिन्न प्रकार कामहरु खोजी रहेको अवस्थामा बिजुली उपभोक्ता समितिले यस्तो काम गरेर रोजगारीप्रतिको कामलाई वेवास्ता गर्दा स्थानीय गाउँलेहरू आफ्नो रोजीरोटी खोसिएको र उपभोक्त समितिले मनोमानी गरेको राया गाउँका स्थानीयहरूले बताउने गरेका छन् ।

पछिल्लो समयले हिल्दुम लघुजविद्युतले सिमकोट र खार्पुनाथमा आफ्नो प्रशारण लाइन विस्तार गर्दै आएको छ । आयोजनाले लाईन विस्तारको जिम्मा स्थानीय उपभोक्ता समितिलाई दिएको हो । यसका लागि आयोजनाले समितिलाई बिजुलीको पोल, तार, जडान लगायतका लागि २५ लाख रुपैयाँ दिएको छ ।

कोरोना भाइरसका कारण गाउँघरमा जम्मा भएका युवाहरूले काम नपाएको अवस्थामा हुम्ला खार्पुनाथ गाउँपालिका वडा नं २ रायाको एक उपभोक्ता समितिले ७ मिनेटको दुरीमा बिजुली पोल सार्न १०० पोलका लागि १० लाख खर्च गरेको छ । यसबाट स्थानीय युवाहरु आक्रोशित बनेका छन् ।

यस्ता असजिला सामानहरू हेलिकप्टर झुण्ड्या एर लगे पनि यसपाली भने हेलिकप्टरको ढोका खुल्ला बनाएर पोल राखी ढुवानी गरेको थियो । विद्युत आयोजनाका लागि हेलिकप्टरले मेसिन तथा अन्य गरुङ्गा सामानहरू यसरी नै ढुवानी गर्दै आएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका