आजको राशिफल : २०७७ साल असोज १५ गते बिहिबार–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • आजको राशिफल : २०७७ साल असोज १५ गते बिहिबार

आजको राशिफल : २०७७ साल असोज १५ गते बिहिबार

आजको राशिफल : २०७७ साल असोज १५ गते बिहिबार

२०७७ असोज १५ बिहिवार, पञ्चमी – अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस – Oct 01, 2020

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – घरका समस्या समाधान हुनेछन् । नयाँ रोजगारीको खोजी हुनेछ । पुराना विवादित विषयको टुङ्गो लाग्नेछ । रजो गुण बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । देश,देशान्तरका बन्ध व्यापारबाट आम्दानी राम्रै हुनेछ । बैदेशिक कार्य सफल हुने देखिन्छ । पढाई लेखाईमा प्रगति हुनेछ । गायन,कला सहित्यमा रुची बढ्नेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। तर काममा अनुमानभन्दा बढी लगानी लाग्नेछ। लाभांश सञ्चय गर्न नसकिएला। अरूका लागि खर्च हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – अध्ययनको शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुनाले दिनभर जसो मन शान्त रहनेछ । सरकारी तथा प्रशासनीक क्षेत्रमा सेवा प्रभाह गर्नेहरुलाई रिजाएर महत्वपूर्र्ण काम दिन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । व्यापारमा थोरै लगानी र थोरै समय दिएपनि मनग्गे नाँफा कमाउन सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – सहयोग माग्नेको संख्या बढ्नेछ । विवादित काममा हात नहाल्नु होला । धन सम्पतिको विषयलाई लिएर बढि टाउको दुखाई हुनेछ । घरपरिवारमा समस्या आउन सक्छ । व्यापारमा मन्दि आउनेछ । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । धन खर्च बढ्नेछ । मनोरञ्जनात्मक काम बढि हुनेछन् । पारिवारिक जमघट बढ्नसक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – अस्वस्थताले काममा बाधा पुग्न सक्छ। साथ दिनेहरू नहुँदा आफैं काममा जुट्नुपर्ला। बाध्यात्मक परिस्थितिले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। गोपनीयता बाहिरिनाले पनि केही समस्या पर्न सक्छ। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। स्वास्थ्यका लागि आहारविहार र व्यायाममा विशेष ध्यान पुर्याउनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – व्यापार व्यावसायमा नाँफा कमाउँन निकै नै समय दिनुपर्नेछ । घर परिवारमा आफन्त तथा पति पत्नी बीच मनमुटाव बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ । गोप्य कुराहरु बाहिर आउँने अधिक सम्भावना रहेकोछ । धन सम्पती तथा अचल सम्पती हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । न्यालयबाट हुने निर्णयहरु तपार्ईँको पक्षमा नहुने हुनाले मुद्दा हारिने सम्भावना रहेकोछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनु हुनेछ । भोज भतेर तथा सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । रोकिएका काम बन्ने छन् । व्यापारमा क्रमिक सुधार आउनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । लोभमोह बढ्नेछ । ईष्टमित्र साथी भाईबाट सहयोग पाईनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – अवसरका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ला। हल्लाको पछि लाग्दा अलमल हुनेछ। तापनि लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – व्यापार व्यावसायबाट सोचे जस्तो आम्दानी नभएपनि घाटा लाग्ने छैन । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला गन्तव्य पहिल्याउन मुस्किल पर्नेछ । मायाप्रेममा नजिक हुदा अविश्वास बढ्ने हुनाले आजको दिन टाडै रहनु उचित हुनेछ । आफन्त तथा दाजु भाईसँग सानो कुरामा विवाद बढ्नेछ भने गैर व्यायिक कामहरु नगर्नुहोला समय तपार्ईँको पक्षमा रहेकोछैन । खेलकुद तथा शाहशिलो क्षेत्रमा पनि तपार्ईँको पक्षमा नतिजा नआउन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – समयको गतिसैग काममा सुधार आउनेछ । विवादित काममा हात नहाल्नु होला । काम गर्ने जोश जागर बढ्नेछ । तपाईको कामबाट अरु पनि प्रभावित हुने छन् । सामाजिक प्रतिष्ठ बढ्ला । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । हतारमा कुनै पनि निर्णय नलिनु होला । सहि निर्णयको अभावमा पूर्ण लाभ लिन सकिने छैन ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मान-सम्मान पनि प्राप्त हुनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। काममा साथ दिनेहरू बढ्नेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आफन्त तथा परिवार कै सदस्यहरुबाट सहयोग नपाइने हुदा कामहरु थाती रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्नी बीच अविश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्वन्धी समस्या आउनेछ । लामो दुरिको विदेश यात्राको तय हुनेछ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका