अमरसिंह नमुना उच्च माबिमा चरम लापरवाही, नेविसंघको ३ दिने अल्टिमेटम – Samacharpati
Samacharpati
शनिबार, कार्तिक १५, २०७७
  • होमपेज
  • अमरसिंह नमुना उच्च माबिमा चरम लापरवाही, नेविसंघको ३ दिने अल्टिमेटम

अमरसिंह नमुना उच्च माबिमा चरम लापरवाही, नेविसंघको ३ दिने अल्टिमेटम

अमरसिंह नमुना उच्च माबिमा चरम लापरवाही, नेविसंघको ३ दिने अल्टिमेटम

पोखरा, १४ असोज । कम्युनिस्ट सत्ताको आवरणमा भ्रस्टचारको अखडाका रूपमा अमरसिंह नमुना उच्च माबि उत्कृष्ट भएको भन्दै आजबाट नेपाल बिधार्थी संघले ३ दिने अल्टिमेटम सहित चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।

बिधालय ब्यवस्थापन समितिको नाममा एवं कम्युनिस्ट आवरणमा भएको चरम भ्रस्टचारको छानबीन गरी दोषीलाई कारवाहीको गरिनुपर्ने, केही समय अगाडी आफनै छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कडा कानूनी कारवाही गर्नुपर्ने, शिक्षक कर्मचारी नियुक्तिमा भएको अनियमितताको निष्पक्ष छानबिन गर्नुपर्ने, बिद्यालय ब्यवस्थापन समिति गठन सम्बन्धमा असहमति प्रकट गर्दै निर्णय पुनर्विचार गरी राजनीतिक सहमति गर्नुपर्ने, अमरसिंह ईन्जिनियरिङ कलेज दर्ता खारेज सार्वजनिक गर्नुपर्ने, कक्षा ११ को नयाँ भर्नामा भएको ब्यापक अनियमितताको निष्पक्ष छानबीन गर्न संघले पोखरा महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष रामबहादुर कार्की तथा बिद्यालयका प्रध्यानाध्यापक तेजस्वी बराललाई आज ज्ञापनपत्र बुझाएको छ ।

सो अवसरमा नेविसंघका पुर्व केन्द्रिय सदस्य सरोज केसीले अमरसिंहलाइ मुलुककै नमुना मा.वी हुनवाट रोक्ने तत्वलाई खबरदारी गर्दै जायज माग सम्बोधन नभए आन्दोलनको आधीबेरी र्सिजना गर्ने चेतावनी दिए । कोणसभामा नेविसंघका पुर्व केन्द्रिय सदस्य भानु ढकाल, गोपाल गुरुङ, ईकाई सभापति दिवश शर्माले बोलेका थिए ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका