गण्डकी प्रदेशमा ४४ जना काेराेना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३९१० पुग्याे–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा ४४ जना काेराेना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३९१० पुग्याे

गण्डकी प्रदेशमा ४४ जना काेराेना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३९१० पुग्याे

गण्डकी प्रदेशमा ४४ जना काेराेना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३९१० पुग्याे

पाेखरा, १४ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३९१० पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ४४ जना नयाँ काेराेना संक्रमितहरु थपिएका छन् ।

गण्डकी प्रदेशमा थपिने कोरोना संक्रमितहरू कास्की जिल्ला, पोखरा महानगरपालिका स्थित वार्ड प्रहरी कार्यालय, रामबजारमा कार्यरत ४ जना पुरुष र ३ जना महिला गरि ७ जना नेपाल प्रहरीका हुन । बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिकामा कार्यरत ३ जना पुरुषहरु नेपाल आर्मीमा र २ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत हुन, भने बाग्लुङ नगरपालिका, वार्ड नं ११ का ३३ बर्षीय पुरुष सार्बजनिक सबारी साधन चालक हुन ।

बाग्लुङ जिल्ला, जैमिनी-७ का दुबैजना, लमजुङ जिल्लाका एकजना, पोखरा महानगरपालिका-५, १०, ६, १७, ८ र १६ १/१ जना गरि ६ जना भारतबाट आएका हुन र गोरखा जिल्लाका १ जना पर्सा जिल्लाबाट आई क्वारेन्टाइनमा बसेका  छन ।

थपिएक  कोरोना संक्रमित  सबैजना contact tracing बाट पहिचान भएका हुन । संक्रमित सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जनाइएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका