राष्ट्रिय सभामा वामदेवलाई मनोनीत नगर्न माग गर्दै सर्वोच्च अदालत अगाडि वी पी काे धर्ना–Samacharpati
Samacharpati
सोमवार, कार्तिक ३, २०७७
  • होमपेज
  • राष्ट्रिय सभामा वामदेवलाई मनोनीत नगर्न माग गर्दै सर्वोच्च अदालत अगाडि वी पी काे धर्ना

राष्ट्रिय सभामा वामदेवलाई मनोनीत नगर्न माग गर्दै सर्वोच्च अदालत अगाडि वी पी काे धर्ना

राष्ट्रिय सभामा वामदेवलाई मनोनीत नगर्न माग गर्दै सर्वोच्च अदालत अगाडि वी पी काे धर्ना

काठमाडौँ, १४ असाेज । नेपाली काँग्रेस (वी पी) ले संविधानको खिलापमा गै राष्ट्रिय सभामा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत नगर्न माग गर्दै आज सर्वोच्च अदालत अगाडि धर्ना दिएको छ ।

उसले संविधानको खिलापमा गै जनअनुमतको अपमुल्याङ्कन गर्न पाईदैन  ! जनअनुमत नस्विकार्ने हो भने निर्वाचनमा राज्यको सम्पत्ति किन दुरुपयोग गरियो ! जनअनुमतबाट अस्विकार भएका नेताहरूलाई चोर बाटो प्रयोग गरि संसद मन्त्री बनाउने कार्य बन्द गरियोस !
अधिवक्ता दिनेश त्रिपाठि र बद्री राज भट्टले संवैधानिक पक्षमा दायार गरिएको रिट सुनाईहोस !

संविधान भन्दा बाहिरको निर्णयले गलत नजिर स्थापित हुने सम्माननिय न्यायाधीशहरुमा चेतना भया १ जस्ता नारा लेखिएको प्लेकार्डको प्रयोग गरेको थियो ।

अधिवक्ता दिनेश त्रिपाठि र बद्री राज भट्टले गौतमलाई राष्ट्रिय सभामा मनोनीत गरिनु संविधानको विरुद्धमा भएको भन्दै दायर गरिएको रिटको आज सर्वोच्च अदालतमा सुनाई हुदै गर्दा नेपाली काँग्रेस (वी पी) का महामन्त्री तथा पुर्व मन्त्री सुशीलमान सेरचनको नेतृत्वमा गएको समुहले प्लेकार्ड सहित सर्वोच्च अदालत अगाडि धर्ना दिएको हो ।

धर्ना दिदै गर्दा सर्वोच्च अदालत अगाडि निषेधित क्षेत्र भएको भन्दै त्यहाँबाट लखेटेर माइतीघर मण्डला पठाए पछि त्यहि धर्नामा बसेका थिए । त्यहाँ केहि समय धर्ना बसे पछि सेरचनले संविधानको खिलापमा गै गौतमलाई राष्ट्रिय सभामा नियुक्ति गरिन नहुने बताउदै धर्नाको अन्त्य गरेका थिए ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका