fbpx

नेटवर्किङ व्यवसायबाट ५० लाख भन्दा बढी ठगी गरेको आरोपमा एक युवती पक्राउ

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको आरोपमा प्रहरीले सुनसरी धरानकी जुनुकला राईलाई पक्राउ गरेको छ ।३५ वर्षकी राईले चावहिल गंगाहिटीमा भिजन ड्रिमरी प्रालि नामक कम्पनी सञ्चालन गरेर युवा युवतीलाई आकर्षक आम्दानीको लोभ देखाएर ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

१६ देखि २५ वर्षका युवायुवतीलाई २५ देखि ४६ प्रतिशतसम्म नाफा हुने, वैदेशिक भ्रमण गर्न पाइने भनी ११ हजार ३०० देखि ५ लाख रुपैयाँसम्म तिरी सदस्यता लिन लगाउने र कम्तीमा ४ जना सदस्य बनाएमा लगानी रकम फिर्ता हुने आश्वासन दिएकाे प्रहरीले जनाएकाे छ ।

त्यस्तै कम्पनीले उत्पादन गरेको गुणस्तर परीक्षण नगरेको तयारी पोशाक, जुत्ता, हस्तकता सामान महंगो मूल्यमा बिक्री गर्न पनि लगाएको पाइएको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयाे ।

जुनुकलाविरुद्ध १४ जनाले लिखित र ३६ जनाले मौखिक उजुरी दिएको प्रहरीले जनाएको छ । लिखित उजुरी दिनेले १७ लाख ३ हजार ४०० र मौखिक उजुरी गर्नेले ३८ लाख १९ हजार ४०० रुपैयाँ ठगी गरेको दाबी गरेका प्रहरीले जनाएको छ ।

जुनुकलामाथि ठगी आरोपमा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतबाट अनुमति लिएको छ ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन