वालिङमा बालुवा झिक्ने क्रममा पुरिएर एक जनाको मृत्यु – Samacharpati
Samacharpati
शनिबार, मंसिर १३, २०७७
  • होमपेज
  • वालिङमा बालुवा झिक्ने क्रममा पुरिएर एक जनाको मृत्यु

वालिङमा बालुवा झिक्ने क्रममा पुरिएर एक जनाको मृत्यु

वालिङमा बालुवा झिक्ने क्रममा पुरिएर एक जनाको मृत्यु

वालिङ, १३ असोज । बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले बताउनुभयो ।

उहाँसँगै बालुवा निकाल्ने क्रममा स्थानीयवासी ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिञ्जाली घाइते भएका छन ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका