पोखरामा १४ सहित गण्डकी प्रदेशमा १८ कोरोना संक्रमित थपिए – Samacharpati
Samacharpati
शनिबार, कार्तिक १५, २०७७
  • होमपेज
  • पोखरामा १४ सहित गण्डकी प्रदेशमा १८ कोरोना संक्रमित थपिए

पोखरामा १४ सहित गण्डकी प्रदेशमा १८ कोरोना संक्रमित थपिए

पोखरामा १४ सहित गण्डकी प्रदेशमा १८ कोरोना संक्रमित थपिए

पोखरा, १३ असोज । गण्डकी प्रदेशमा १८ नयाँ कोरोना संक्रमित थपिएका छन् । पोखरा महानगरपालिका ६ वडामा १४ जना संक्रमित थपिएका हुन् । यस्तै नवलपरासी पुर्वको बिनयत्रिबेणी का ४ जना संगै मंगलबार १८ नयाँ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

पोखरा महानगरपालिकाको वडा नं. ५ का २ जना पुरुष र एक जना महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै वडा नं। ८ मा एक पुरुष, १७ मा ३ जना पुरुष तथा २ जना महिला, १५ मा २ महिला र १ जना पुरुष, १३ मा एक जना पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

उनिहरु सबै कन्ट्याक ट्रेसिङका आधारमा पहिचान भएका हुन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८१३ पुगेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका