हुम्लाको सिमकोटमा दुई जना पुरुषलाई कोरोना पोजेटिभ–Samacharpati
Samacharpati
शनिबार, कार्तिक ८, २०७७
  • होमपेज
  • हुम्लाको सिमकोटमा दुई जना पुरुषलाई कोरोना पोजेटिभ

हुम्लाको सिमकोटमा दुई जना पुरुषलाई कोरोना पोजेटिभ

हुम्लाको सिमकोटमा दुई जना पुरुषलाई कोरोना पोजेटिभ

कर्णबहादुर रोकाया, हुम्ला , १३ असाेज । कन्ट्याक टे्सिङमा सिमकोटको अद्र्ध सरकारी कार्यालयमा कार्यरत दुई जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । उनीहङ पनि असोज ३ गते शनिबार नेपालगंजको राँझाबाट सुमीट एयरको उडानमा आएकी २३ वर्षीया कोरोना पोजेटिभ महिलासँगै हवाई जहाज आएको हुन् ।

कन्ट्याक टे्सिङका क्रममा संकलन गरिएको स्वाव कर्णाली प्रदेश अस्पतालमा पिसिआर परिक्षण गर्दा ३५ वर्ष र ३९ वर्षका पुरुषलाई पोजेटिभ देखिएको जानकारी स्वास्थ्य सेवा कार्यालय हुम्लाका जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले दिएका छन् । उनीहरूको ठेगाना सिमकोट गापा वडा नं ५ लेखिएको छ ।

लामो समयसम्म ग्रीन जोनको रुपमा देखिएको हुम्ला अब विस्तारै रेड जोनतिर जान लाग्दा सचेतना अपनाउनु पर्ने देखिएको छ । अब हिमाली बस्तीमा चीसो पनि बढ्दा यसको जोखिम बढ्न सक्ने चिन्ता आममानिसमा बढ्दै गएको छ ।

जिल्लामा पहिलो पटक सर्केगाड गाउँपालिका ५ गोठी गाउँकी २३ वर्षकी महिलालाई पहिलो पटक कोरोनो पोजेटिभ देखिएको हो । केही दिन अघिमात्र नेपागंजमा १२ वर्षका बालकमा पनि पोजेटिभ देखिएको थियो ।

२३ वर्षीया गोठी गाउँकी महिलालाई कोहलपुर शिक्षण अस्पताल परिक्षण केन्द्रमा स्वाव परिक्षण गर्दा संक्रमण देखिएको म्यासेज मोबाइलमा आउँदा समेत कसैलाई जानकारी नदिई हवाईजहाजमा सिमकोट आएर विभिन्न क्षेत्रमा गएपछि हुम्लामा कोरोना संक्रमणको जोखिमको संकेत देखिदा स्थानीयहरू चिन्तित देखिएका छन् । पहिलो चरणमा संकलन गरिएको ३६ वटा स्वावमध्ये दुई जनाको परिक्षण नतिजा पोजेटिभ आएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका