सांसद गुरुङद्धारा जन्म दिनको अवसरमा सहयोग–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • सांसद गुरुङद्धारा जन्म दिनको अवसरमा सहयोग

सांसद गुरुङद्धारा जन्म दिनको अवसरमा सहयोग

सांसद गुरुङद्धारा जन्म दिनको अवसरमा सहयोग

पोखरा, १३ असोज । गण्डकी प्रदेशका सांसद मीना गुरुङले आफ्नो जन्म दिनको अवसरमा सोमबार सडकका बालबालिकाहरुलाई ट्याक—सुट वितरण गर्नुभएको छ ।

पोखराका सडकमा भेटिएका बालबालिकाहरुलाई हाल पोखरा महानगरले संरक्षण गर्दै आएकोमा उनीहरुलाई सोमबार एक समारोहका बिच सांसद गुरुङले कास्कीको ढिकुरपोखरी मै पुगेर १८ थान ट्याक सुट वितरण गर्नुभएको हो । सांसद गुरुङले आफ्नो जन्म दिनको अवसरमा समाजमा थोरै भएपनि केही गरौं भन्ने निःस्वार्थ भावले बालबालिकाहरुको लागि ट्याक—सुट आवश्यकताको आधारमा सानो सहयोग गरेको उल्लेख गर्नुभयो ।

सोही अवसरमा अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष युवराज कुवंरले जनप्रतिनिधिहरुले आफ्नो जन्म दिनको अवसरमा सामाजिक कार्य गर्नु सकरात्मक भएको बताउनुभयो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका