अबैध लागूऔषध सहित लमजुङ मध्यनेपाल एक युवा पाेखराबाट पक्राउ–Samacharpati
Samacharpati
बुधबार, कार्तिक ५, २०७७
  • होमपेज
  • अबैध लागूऔषध सहित लमजुङ मध्यनेपाल एक युवा पाेखराबाट पक्राउ

अबैध लागूऔषध सहित लमजुङ मध्यनेपाल एक युवा पाेखराबाट पक्राउ

अबैध लागूऔषध सहित लमजुङ मध्यनेपाल एक युवा पाेखराबाट पक्राउ

पोखरा, १२ असाेज ।  पोखरा ९ महेन्द्रपुलबाट लागुऔँषध सहित एक युवा प्रकाउ परेका छन् । पोखरा महानगरपालिका ९ महेन्द्रपुलमा डेरा गरी बस्ने लमजुङ मध्यनेपाल नगरपालिका ८ डढुवा घर भएका २७ वर्षीय सन्तोष परियारलाई प्रतिबन्धित लागूऔषध बुप्रिनर्फिन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र ट्रामाडोल १ हजार ८ सय ९० क्याप्सुल सहित आइतबार साँझ सन्तोष परियार काे काेठाबाट प्रहरीले पक्राउ गरेको हो ।

सन्तोषलेअबैध लागूऔषध खरिद तथा संकलन गरी पोखरा नगरक्षेत्रमा ओसारपसार एवं बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले परियारको कोठामा खाेजतलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेकाे हाे ।

सन्तोष परियारलाई  उनकै काेठाबाट पक्राउ गरिएकाे हो । सन्तोषले कहिले देखि  अबैध लागूऔषध काराेबार गर्थे , यस काराेबारमा अरू

सहयाेगीहरू छन छैन्न भन्ने बारे थप  स्थानीय प्रहरीद्धारा थप अनुसन्धान भइरहेकाे छ ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका